Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बाँकेमा व्यावसायिक रूपमै जडीबुटी खेती सुरू

नेपालगञ्ज । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जडीबुटीको खेती पनि हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । प्राथमिकतामा राखिएकामध्ये १२ प्रजातिका जडीबुटीलाई प्रविधि विकासको माध्यमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो । बाँकेमा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ । बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट रुपमा व्यावसायिक योजना बनाउनुपर्छ । उत्पादन गरिएका जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यको सुझाव छ । बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ । सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण र संवद्र्वन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना गरेको हो । केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजना अनुसार आप्mनो भूमिकालाई अघि बढाएको छ । बाँके जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीको बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धान समेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आवद्ध व्यवसायीले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारत र तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैह्रकाष्ठ वन पैदावार क्षेत्र रहेको । सुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५÷१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ । ‘‘भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो’’, सङ्घका अध्यक्ष अन्सारी बताउछन्। भारतको यही व्यवस्थाका कारण पछिल्लो समय बाँकेबाट जडीबुटी निकासी घटिरहेको छ । केही वर्षअघि यहाँबाट भण्डै ६५ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोमा झरेको छ । नेपाल सरकारले भारत सरकारको ‘ट्रान्जिट परमिट’सम्बन्धी व्यवस्थालाई हटाउन दुई पक्षीय छलफल गर्नुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ । जडीबुटीको निकासी घट्दै गयो भने व्यावसायिक खेतीमा पनि यसले असर पुर्याउने सम्बद्ध बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies