/  Wed, January 23, 2019

राष्ट्रपतिबाट राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकि छिन् । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिन् ।

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण थिए ।  तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको ¥यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । ¥यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

पुस २७ गते, २०७५ - १३:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित...   
काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न...   
११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको...   

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा...   

गौशालाबाट एक भारतीयसहित दुई जना पक्राउ

गौशाला। भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित...   

हुम्लामा पहिलो पटक हिउँमा चिप्लेटी

हुम्ला। हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा...   

तिम्ल्याहा बच्चा जन्माएर सम्झना पन्तले पाइन् ३० हजार

गलेश्वर। बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका...   

चोरमारमा बस र बारुणयन्त्र ठोक्किँदा डरलाग्दो दुर्घटना, सत्ताइस जना घाइते

कावासोती। र्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित...   

अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा सामान्य सुधार, अझै केहि दिन बाहिर नहिड्न सुझाव

काठमाडौँ। भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...   

मलेसिया कामदार पठाउने सरकारको चाहना यसकारण कचल्टियो

काठमाडौं । मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top