/  Wed, January 23, 2019

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

डेढ लाखको अवैध समान बरामद

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पुस २७ गते, २०७५ - १०:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद दवाडीले आफ्नो तलबभत्ता विकास निर्माणमा खर्च गर्दै

सांसद दवाडीले आफ्नो तलबभत्ता विकास निर्माणमा खर्च गर्दै

गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब...   

सुन्तला खरीद गर्न व्यवसायी घरघरमै

पर्वत । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२...   

चट्याङ लागी छ सख्त घाइते

मुसिकोट । रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित...   

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार...   

यस्ता शिक्षकको जागीर धरापमा

घोराही । घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि...   

अदुवाकाे उचित मूल्य पाएपछि कृषक खुशी

कावासोती । अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने...   
‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता भएपछि….

‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता भएपछि….

ललितपुर । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो...   

दुई चेपाङ किशोरीमाथि जबर्जस्ती करणी

चितवन । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको...   
विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा बितरण

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा बितरण

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको...   
तेह्रौँँ साग निर्धारित मितिमा नहुने

तेह्रौँँ साग निर्धारित मितिमा नहुने

काठमाडौँ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top