Khabar Dabali Logo
  August 19, Mon

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पा। हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् ।

उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो ।  गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो ९सिआइबी०ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो ।

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए ।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।  राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए ।

पुस २७ गते, २०७५ - ०९:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सात अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ...   

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी...   
नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको...   

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी...   

मन्त्री यादव अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडौं । औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा,...   

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः डोरी किनेको पसल भेटियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका...   

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौं । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी...   

घर भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय...   
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर...   
उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

तनहुँ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top