Khabar Dabali Logo
  August 19, Mon

बसले किचेर एक किशोरको मृत्यु

दमौली । तनहँुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयोए । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।

वृद्ध मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०/६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् ।

धादिङ घर बताउने विक विगत पाँच/छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ

तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिP ।

सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ ।

पुस २७ गते, २०७५ - ०९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार...   

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति...   

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको...   

बजेट खर्च नभए मन्त्री नै जवाफदेही

काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित...   

गत आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा ९६ करोड रकम ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार...   

छुवाछुत अझै कायम : दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्धलाई सामाजिक बहिष्कार

काठमाडौं । दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।...   

तीन वर्षभित्रै कर्णाली करिडोर , अब भने कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

काठमाडौं । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले...   

बुधबारदेखि नेपाल–भारत संयुक्त बैठक सुरू हुने , जयशङ्कर नेपाल आउँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने...   

किन सरकार १५ महत्तवपूर्ण स्थान विश्व सम्पदा सूचीमा पार्न पहल नै गर्दैन?

काठमाडौं । पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका...   

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top