Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तपाईं कुन राशीको हुनुहुन्छ ? राशिअनुसार फरक-फरक यौन चाहाना हुने अध्ययनको दावी

हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानिसलाई स्वस्थ रहन यौन जीवनको पनि महत्वपूर्ण भूमिका हुन्छ । मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरु बताउँछन् । यसैगरी यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छ । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका । कुनै जोडीलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पनि पुग्छ । यौन जीनवमा स्वास्थ्यको महत्व जस्तै ज्योषिशास्त्रका अनुसार पनि यौनिक व्यवहार फरक हुनको कारण राशी हो । १. मेष मेष राशी भएका मानिसहरु छिट्टै आवेगमा आउँछन् । मेष राशीका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने उनीहरु मन पराउँदैनन् । यो राशीका मानिसहरु कम समस्यामा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने बेलामा उनीहरु आतुर हुन्छन् । २. वृष वृष राशीलाई चुम्बन गर्न मन पर्छ । वृष राशीका व्यक्ति धैर्यवान हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निकै मन पर्छ । वृष राशी भएकाहरुलाई यौन सम्बन्ध लामो बनाउने चाहना र एक अर्कालाई माया गर्नुपर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ । ३. मिथुन मिथुन राशीलाई प्रेमलाभ मनपर्छ । यो राशीको स्वामी बुध हो । त्यसै कारण कामुक भावना प्रवल हुन्छ । यौनका लागि यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु चाँड नै तयार हुन्छन् । यौन सम्बन्ध जारी रहेको बेलामा यिनीहरुलाई प्रेमलाप गरेको मन पर्छ । आफ्नो पाटनरको सन्तुष्टिप्रति यिनीहरु सधैं सजग रहन्छन् । ४. कर्कट कर्कट राशी भएकाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशीका भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द लिन सक्दैनन् । यिनीहरु आफ्नो पाट्नरको भन्दा आफ्नो खुशीलाई बढी महत्व दिन्छन् । यो राशीका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा केही कुराको कमि महसुस भइरहन्छ । ५. सिंह सिंह राशीले पर्खिरहने पाटनरको इशारा हो । यो राशीका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै व्याप्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन् । यौन सम्बन्धको समस्यामा यिनीहरु निक्कै जोससहित प्रस्तुत हुन्छन् । जोसले गर्दा पाट्नरको भावना भने त्यत्ति बुझ्दैनन् । ६. कन्या कन्या राशीमा यौनप्रति विशेष रुची हुन्छ । यो राशीका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्निसँग प्रेम व्यक्त गरिहाल्दैनन् । यद्धपि चासो भने निक्कै धेरै हुन्छ । यो राशीका मानिस यौन सम्बन्धको बेला समय वर्वाद गर्दैनन् । प्रेमप्रति भने पूरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ । ७. तुला तुला राशीका मानिसमा सम्बन्ध बढाउन चाहना हुन्छ । यो राशीका व्यक्ति आफ्नो पाटनरको खुशीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशीको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ । ८. वृश्चिक वृश्चिक राशीमा कामुक भावना प्रवल हुन्छ । वृश्चिक राशीको स्वामी मंगल भएका कारण यो राशी भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरु अति उत्साहका कारण पाटनरलाई भने केही कठिनाइ महसुस हुन्छ । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् । ९. धनु धनु राशी भएकाहरु जतिबेला पनि यौनका लागि तयार हुन्छन् । यो राशी भएका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार हुन्छन् । यिनीहरुलाई यौन क्रिडाकाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ । १०. मकर मकर राशी भएकालाई चुम्बन गर्न मन पर्छ । यो राशीका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विस्वास गर्न लायक राशी मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पाटनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् । ११. कुम्भ कुम्भ राशीलाई प्रेममा नयाँ नयाँ प्रयोग गर्न मन पर्छ । यो राशी भएकाहरु यौन क्रिडाका लागि अति नै उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीका प्रयोग गर्न उनीहरु लालायित हुन्छन् । यौन क्रिडा गरीरहँदा अन्य कुरा गर्न उनीहरु मन पराउँदैनन् । आफ्नो पाटनरलाई खुशी पार्न उनीहरुको ध्यान केन्द्रीत हुन्छ । १२. मीन मीन राशीको सम्बन्ध सुखद र आनन्दायक हुन्छ । यो राशीका व्यक्तिमा भावनाको प्रवलता हुन्छ । पाटनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरु पनि यौन चाहना अत्याधि हुन्छ । कुम्भ राशी जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराउँछन् । एजेन्सीको सहयोगमा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies