Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

फेरि आँखा देख्न पाउँदा खुशी साट्दै वृद्धवृद्धा

बर्दिवास। घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई धेरै बाँच्न पाउने आश पलाएको छ । मोतीयाबिन्दुले आँखा ढाक्दा संसार नै अँध्यारो भएको विगत सम्झदै एक साताअघि शल्यक्रियाले मोतीयाबिन्दु हटेपछि चारैतिर झलमल्ल उज्यालो देख्न पाएपछि जिन्दगी रमाइलो लाग्न थालेको राउत बताउछन् । “बाबु, आँखा देख्दैनथें, ईश्वरसँग सुखद मृत्युको कामना गर्थें” बिहानीको पारिलो घाम ताप्न आँगनमा बस्नुभएका राउतले आज बिहान सञ्चारकर्मीसँग पूmर्तिसाथ भने, “अब त झलमल्ल उज्यालो देख्नेभएँ, यो जिन्दगी प्यारो लाग्न थालेको छ, आँखाले संसार हेर्न पाएपछि बाँच्ने रहर अझ जाग्ने रहेछ ।” बर्दिवास आँखा अस्पतालले मोतीयाबिन्दुको शल्यक्रिया गरेर आँखाको पट्टी खोलिएर हेर्ने ज्योति फेरि पाएपछि राउतको अनुहारमा खुशी छाएको छ । पछिल्लो एक दशकयता मोतीयाबिन्दुले आँखा टालिँदा घरको ओछ्यानमा र परिवारजनको सहयोगमा लौरो टेकेर दिसापिसाब गर्दै आएको आपूmलाई अब भने सानातिना काम आफैं हेरेर गर्नसक्ने आँट पलाएको राउत बताउछन् । नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीको आर्थिक सहयोगमा बर्दिवास आँखा अस्पतालले यही पुस १४ र १५ गते सञ्चालन गरेको निःशुल्क शल्यक्रिया शिविरमा राउतसहित ८९ जनाको सफल शल्यक्रिया भएको थियो । जसमा ८० वर्षमाथिका १० जना रहेका छन् । वृद्धवृद्धा लक्षित यो शिविरमा शल्यक्रिया गरिएका सबै ९८९ जना० नै ५० वर्षमाथिका रहेको बर्दिवास आँखा अस्पतालका कार्यकारी सञ्चालक मुकुन्द पौडेलले जानकारी दिए । शल्यक्रिया गरिएकामध्ये ३५ जना महिला रहेका अस्पतालले जनाएको छ । राउतजस्तै महोत्तरीकै गौशाला नगरपालिका रामनगर बस्तीका ९० वर्षीया गुदल महतो पनि मोतीयाबिन्दुको शल्यक्रियापछि फेरि हेर्नसक्ने भएका छन्। “आशभरोस किछ नई छल, जे फेरु दुनींया देखब” *फेरि आँखाको जालो हटेर हेर्नसक्ने हुला भन्ने आश थिएन) शल्यक्रियासँगै लगाइएको आँखापट्टी खोलिएयता फुरुङ्ग देखिनुभएका महतोले भने, “आँइख नइ देखवालासब चलैने संस्था हमरा अई बुढारीमें फेरु नव जिनगी देलक, भगवान हुनका सबके निक रखौत” (आँखा नदेख्नेहरुले चलाएका संस्थाले यो बुढो उमेरमा फेरि मलाई नयाँ जिन्दगी दिएको छ, तिनलाई भगवानले राम्रो गरुन्)। राउत र महतोजस्तै सर्लाही लालबन्दी–१६ का ९२ वर्षीय मणिलाल घलान, बर्दिवास–५ की ८५ वर्षीया इन्दुमाया कार्की, बर्दिवास–३ गौरीवासकी ८२ वर्षीया सुकमाया राना मगर, बर्दिवास–४ कामीडाँडाका ८६ वर्षीय बुद्धबहादुर थापा, धनुषा क्षिरेश्वर नगरपालिका महेन्द्रनगरका ८८ वर्षीय श्रीनारायण चौधरी र बर्दिवास–४ वरडाँडाका ८५ वर्षीय छत्रबहादुर थापा पनि शल्यक्रियापछि हेर्नसक्ने भएका छन् । मोतीयाबिन्दुको जालो हटाइँदा संसार हेर्न पाउने भएपछि खुशी भएका वुद्धवृद्धाजस्तै शल्यक्रिया गर्ने आँखा चिकित्सक डा दीपक खड्का पनि प्रशन्न देखिन्छन् । “पुस्ताको ख्यालले यसपालिको शिविरमा वृद्धवृद्धाकै शल्यक्रिया गरियो, पट्टी खोलिएको दिन वृद्धवृद्धाको अनुहारमा छाएको खुशीले निकै आनन्द लाग्यो” डा खड्काले अस्पताल परिसरमा पुगेका सञ्चारकर्मीसँग भने, “कुनैकुनै कामले त मज्जाको खुशी दिँदोरहेछ, यसपालिको शिविरमा मैले त्यहीँ आनन्द महसुस गरेँ ।” आँखामा छाएको मोतीयाबिन्दुको जालो शल्यक्रियाले हटेपछि वृद्धवृद्धाको जीवनचर्या (दैनिकी) फेरिएको छ । सधैं घरभित्रै हँहँ भनेर घोत्लिने वृद्धवृद्धा अब घर ओरपर डुल्ने, छिमेकीलाई बोलाउने, हासख्याल गर्ने र फूर्तिला देखिने गरेको शल्यक्रिया गरेका आफ्नै बस्ती ओरपरका वृद्धवृद्धालाई नियाल्नु भएका बर्दिवास–४ भब्सी कामीडाँडाका सामाजिक, राजनीतिक कार्यकत्र्ता सोम कार्की बताउछन् । शिविरमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र सिन्धुलीका आँखाका बिरामीले सेवा पाएका छन् । शल्यक्रिया गरिएका सबै वृद्धवृद्धाको आँखासहित अन्य स्वास्थ्य अवस्था अहिले नियमित अनुगमन गरिएको अस्पतालले जनाएको छ । यसअघि दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सीप विकास र आयआर्जनमूलक कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीले यसपटक वृद्धवृद्धा लक्षित मोतीयाबिन्दु शल्यक्रियालाई सघाइएको जनाएको छ । “हामी दृष्टिविहीनको सानो प्रयत्नले समाजका ज्येष्ठ नागरिक हाम्रा अभिभावकले फेरि संसार हेर्नसक्ने भएका छन्” आफैं दृष्टिविहीन रहनुभएका सङ्घको पुनःस्थापन कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले भने, “शल्यक्रियापछि पट्टी खोलिँदा उनीहरुले व्यक्त गरेको खुशीले हामीलाई सकारात्मक काममा लाग्न निकै ऊर्जा थपेको छ ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies