Khabar Dabali Logo
  August 22, Thu

डिपिएलको खेलाडी ‘अक्सन’ आज हुँदै

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् ।

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवाधान छ ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ ।

पुस २१ गते, २०७५ - ११:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१९ वर्षीया कलेजकी छात्रा बलात्कारीलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि...   

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन...   
नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

काठमाडाैं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच...   
संसद भवनमा सुविधासम्पन्न चमेना गृह

संसद भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण...   
यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top