Khabar Dabali Logo
  April 25, Thu

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ ।

पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब र सङ्कटा र एपिएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा खेल हुनेछ ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछ । सोही दिन लिगको समापन समारोह हुनेछ ।

लिगको १२औँ चरणका खेल सकिँदासम्म मनाङ–मस्र्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।

बुम महिला बास्केटबल शनिबारदेखि

तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

नेशनल क्रिएटिभ को–एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।

पुस २० गते, २०७५ - १३:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

काठमाडौँ । विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र...   

हुलाकी सडकको कालोपत्रे गुणस्तरहीन

धम्बोजी । भुरीगाउँ सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्डमा गरिइएको कालोपत्रे गुणस्तरहीन भएको आरोप...   

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु, अहिलेसम्मम कति उठ्याे रकम ?

चितवन। चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु...   

विवेकशील नेपालीको प्रश्न – पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विवेकशिल नेपालीले २०७२ सालको महाभूकम्प पीडितहरूको आवासको व्यवस्थालाई प्राथमिकतामा राख्न...   

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...   
कच्चा तेलको मूल्य छ महिनाकै उच्च

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

लन्डन । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको...   

निर्माणमा प्रयोग भइरहेको इलिभेटर भत्किदा ११ जनाको मृत्यु

शिजिआजुआङ। उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको...   

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको...   

विद्यार्थीका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडाैं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ...   

झापामा एचआइभीका कारण ३५ जनाको मृत्यु

झापा। झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top