Khabar Dabali Logo
  February 28, Fri

एप्पललाई ठुलो झट्काः एकै दिनमा ७५ अर्ब डलर स्वाहा !

प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ।

वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्।

सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो।

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ।

वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ।

तर यसपालि त्यस्तो हुन सकेन।

एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ।

पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे।

कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो।

बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, ‘अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।’

चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो।

प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३ दशमलव १ प्रतिशतले गिर्‍यो।

केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो।

तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके।

अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्।

तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ।

अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ।

त्यसैले डेव ली भन्छन्, ‘यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ।’ बीबीसी

पुस २० गते, २०७५ - १०:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी...   

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई...   

Update : सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना

काठमाडौं । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन्...   

सरकारले अब डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लिने

काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया लिने भएको हो । बिहीवार...   
पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विघटनको दिशामा...   
राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकि राष्ट्रपति...   
‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

काठमाडौं । यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै...   

ज्ञानेन्द्र शाहीको कारण ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पुर्व डिआइजी रमेशप्रसाद खरेल हाम्रो नेपाल हामी नेपाली अभियानबाट अलग्गीएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top