/  Sat, March 23, 2019

दुई सय ६१एचआइभी सङ्क्रमितद्वारा एआरटी सेवन

वालिङ स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् ।
जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताए । उनका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन् ।
यस्तै जिल्ला अस्पतालबाट ६५ महिला, ३७ पुरुषसहित १०२ गरी कूल २६१ जनाले नियमितरुपमा एआरटी सेवन गर्दै आएका छन् । सो तथ्याङ्क हेर्दा जिल्लामा एआरटी सेवन गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । सो दुई ठाउँका साथै पोखरा, पाल्पा, बुटवल तथा काठमाडौँ सम्म पनि पुगेर एआरटी सेवन गर्नेको सङ्ख्या झण्डै २०० कै हाराहारीमा रहेको उनले जानकारी दिए ।
“एचआइभी सङ्क्रमितहरु बिस्तारै खुल्ने र नियमित औषधि सेवन तथा परामर्शका लागि आउने गर्छन्”, परामर्शकर्ता जिसीले भने, “गत आर्थिक वर्षमा मात्रै १७ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।” सिडिफोर र भाइरल लोड परीक्षणका लागि काठमाडौँ नै पु¥याउनु पर्ने समस्या रहेको छ ।
औषधि सेवन तथा परामर्शका लागि टाढाटाढाबाट आउने सङ्क्रमितहरुलाई एचआइभीकै क्षेत्रमा काम गर्दै आइरहेको सङ्कल्प सहयोग समूहले वालिङ नजीकै खान, बस्नका लागि ‘केयर होम’ को व्यवस्था गरेको छ । रासस

पुस १५ गते, २०७५ - १५:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडक खन्दा चाँदी र तामाका सिक्का फेला

सडक खन्दा चाँदी र तामाका सिक्का फेला

धम्बोजी। बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका...   

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय...   
योनीका आकार थरिथरिकाः यसले यौनसन्तुष्टिमा के फरक पर्छ ?

योनीका आकार थरिथरिकाः यसले यौनसन्तुष्टिमा के फरक पर्छ ?

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने...   
बर्डफ्लूका कारण कुखुरा,पक्षीजन्य वस्तु आयातमा रोक

बर्डफ्लूका कारण कुखुरा,पक्षीजन्य वस्तु आयातमा रोक

पर्वत। कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ ।...   

यसरी भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले...   
चीनको रसायन उद्योगमा विस्फोट हुँदा ४४ को मृत्यु, ६ सय ४० घाइते

चीनको रसायन उद्योगमा विस्फोट हुँदा ४४ को मृत्यु, ६ सय ४० घाइते

पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको ज्यान गएको र ६४० जना घाइते भएको...   

मीना भन्छिन् अस्पताल लैजाउ, म बाँच्न चाहन्छु

घोडाघोडी। कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई...   
होलीमा जबर्जस्ती रंग, लोला हाने सार्वजनिक मुद्दा, यी २७ स्थानमा कार्यक्रमको अनुमति

होलीमा जबर्जस्ती रंग, लोला हाने सार्वजनिक मुद्दा, यी २७ स्थानमा कार्यक्रमको अनुमति

काठमाडौं । बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू...   

बर्डफ्लुः काठमाडौँ आसपास क्षेत्रमा उच्च सतर्कता

काठमाडोँ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको...   
होलीमा कपाल जोगाउने ८ काइदा, यस्तो

होलीमा कपाल जोगाउने ८ काइदा, यस्तो

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top