Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

क्याम्पाचौरमा बल फ्याँक्ने सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा यसरी चम्किँदै

काठमाडौँ। दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट लिइसकेका छन् । क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा अहिले करोडौं पुगिसकेको छ । यसै वर्ष मात्र विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाएका सन्दीपले नामसँगै दुई करोड रुपैयाँभन्दा बढी आम्दानीसमेत गरेका छन् । अष्ट्रेलियामा पहिलो पटक व्यावसायिक क्रिकेट खेल्न लागेका सन्दीपले न्यानो माया र सत्कार पाएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल तथा रिकी पोन्टिङ र माइकल क्लार्कसँग परिचयका कारण उनलाई अष्ट्रेलिया नौलो लागेको छैन । सन्दीपले इण्डियन प्रिमियर लिग ९आइपिएल०मा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ नयाँ दिल्लीका प्रशिक्षक थिए । चर्चित टिप्पणीकार तथा पाकिस्तानका पूर्व खेलाडी रमित राजाले पनि सन्दीपको प्रदर्शनको खुलेर चर्चा गरेका छन् । रमितले भनेका छन् – “उसको स्वभावले मलाई आकर्षण गरेको छ । यो उमेरमा पनि उसले सबै कुरालाई नियन्त्रणमा राख्न सकेको छ । भविष्यको यो स्टार खेलाडी हो ।” दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु–१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने । यु–१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन् । आयरल्याण्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइजी लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् र करोडौँ आम्दानी गरिरहेका छन् । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्दीप क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन् – “सन्दीप नेपाली क्रिकेटको भविष्य हो ।” अहिले अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका सन्दीपलाई फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याई छ । यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन् । बिग बास लिगपछि सन्दीपले जनवरीमा बङ्गलादेश प्रिमियर लिग र फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन् । सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेरडेविल्समा डेब्यू गरे । रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको पहिलो ओभरमा छ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पवेलियनको बाटो देखाए । दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो । सन्दीप जहाँ खेले त्यहाँ उनले आफ्नो स्पीनमा ब्याट्सम्यानलाई घुमाउन सफल भए । आइपिएलमा छ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि सात विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि आठ विकेट लिए । टि–१० लिगमा पनि केरला नाइट्सका लागि छ विकेट लिए । सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत महिना दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ गरिसकेको छ । आइपिएल आगामी २३ मार्चमा शुरु हुनेछ । भारतमा आम निर्वाचन हुने भएका कारण आइपिएल युएई वा दक्षिण अफ्रिकामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ । जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल एक महिनाअघि हुन लागेको छ । सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल ?(नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश) मा सहभागिता जनाइसकेका छन् । विश्व क्रिकेटमा उनलाई अहिले अद्भूत वा मूल्यवान् खेलाडी भन्न थालिएको छ । बिग बास लिगको पहिलो खेलमै दुई विकेट लिएपछि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले उनको प्रशंसा गर्दै भनेका थिए – “उमेरमा ऊ कच्चा होला तर उसको बलिङ गर्ने शैली निकै उत्कृष्ट छ ।” सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङ्कङमा सन् २०१६ मा भएको टि–२० ब्लीजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अष्टे«लियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्न समेत बोलाए । यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नराइन, क्रिस गेल जस्ता उच्चकोटिका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए । यससँगै उनले डेविड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन् । यसै क्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो । छोटो समयमै नेपाली क्रिकेट टोलीका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम थुप्रै पटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दीपले धेरै शुभेच्छुकहरू कमाएका छन् । को हुन् सन्दीप रु स्याङ्जाको आरुचौर जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए । भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए । सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । त्यहाँ पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काबाट उनी प्रशिक्षित भए । “आफूले क्रिकेट सिकाएको केटो अहिले विश्व मञ्चमा चर्चित हुँदा मलाई वर्ग लागेको छ,” खड्काले भन्नुभयो । तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए । त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत युएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो । सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले चार विकेट लिएका थिए । सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बङ्गलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टोलीमा सन्दीप छनोट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आइसिसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत राखेको थियो । यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासँगको आइसिसी विश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने मौका पाएका सन्दीप त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies