Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापान । सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकू बिमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो ।

अप्रिल २०१९ मा शुरु हुने नयाँ बजेटमा कूल ९१२ अर्ब डलरको वार्षिक बजेटकै एक हिस्सा हो । यो बजेटलाई प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषदले शुक्रबार अनुमोदन गरेको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ । रक्षा अधिकारीहरुका अनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ जसमा छ वटा एफ–३५ए स्टील्थ लडाकू बिमानका साथै सामुद्रिक विशाल जहाजहरु रहेका छन् । जापान हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजना बमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो । प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहनुभएको छ । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजना अन्तर्गत जापानले आफ्ना दुईवटा हेलिकप्टर क्यारियरलाई अद्यावधिक गर्नेछ । एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताए । तर आबेको उक्त कदमको जापानभित्रै पनि विरोध भइरहेको छ । दोस्रो विश्वयुद्ध पश्चात् भएको सहमति विपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ । जापानले आफ्नो प्रतिरक्षा नीतिमा मात्र ध्यान केन्द्रित गर्न चीनले आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नु परेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गरिआएको छ । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies