Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कांग्रेस बैठकमा घम्साघम्सी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महासमिति बैठकमा धर्मको विषयलाई लिएर आज नेताहरूबीच आरोप–प्रत्यारोप चलेको छ ।  शनिबारदेखि चलिरहेको महासमिति बैठक केहि समय लम्बिने बताइएको छ । पार्टीले हिन्दूराष्ट्रको नीति लिनुपर्ने भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका सदस्यहरूले जनताको भावना अनुसार पार्टीले नीति बदल्नु पर्ने बताएका छन् । बुधवारको बन्दसत्रमा लोकेश ढकाल, चन्द्र केसी लगायतका नेताले नेपालको मौलिक पहिचानका लागि सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाउनु पर्ने बताएका थिए । नेपालमा धर्म परिवर्तनको डरलाग्दो अभियान शुरू भएको भन्दै उनीहरूले नेपालको मौलिकता बचाउन पनि हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका थिए । केही महासमिति सदस्यले भने संविधानमा भएको धर्मनिरपेक्षताको व्यवस्थाबाट पछि हट्न नहुने बताएका छन् । सुवास यादव, तेजुलाल चाौधरी, राजकिशोर सिंह लगायतले हिन्दू धर्ममा जान नहुने बताएका थिए । हिन्दूराष्ट्रको पक्षमा ६ सय ५० भन्दा बढी सदस्यले हस्ताक्षर गरेका छन् । नेता रामहरि खतिवडाका अनुसार बुधवार साढे ११ बजेसम्म सुधीर शिवाकोटी, बैकुण्ठ न्यौपाने लगायत १४ जना सदस्यले धारणा राखिसकेका छन् । केही महासमिति सदस्यले विधानको विषयमा निर्णय गर्न बोलाइएको महासमिति बैठकमा विधान संशोधन प्रतिवेदन पेश गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । विधान संशोधनमा भएको ढिलाइका कारण महासमिति बैठक भोलिसम्मका लागि लम्बिने भएको छ । विधान संशोधन र पार्टीको भावी रणनीति तय गर्दै कांग्रेस महासमिति बैठक भोलि समापन हुँदैछ । भोलिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies