Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने

चितवन । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा कृत्रिम चिडियाखाना, पर्यटन सम्बन्धित राष्ट्रिय स्तरका गोष्ठी, पर्यटक प्याकेज, जलविहार, डुङ्गा दौड जस्ता गतिविधि गरिने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार यहाँ पाइने १० र नेपालमा नपाइने १० जनावर र चरा चुरुङ्गीको चलायमान र आवाज निकाल्ने गरी मूर्ति बनाउन लगाइएको छ । नेपालका बाघ, गैंँडा, हात्ती, भालु जस्ता जनावर र यहाँ नपाइने कङ्गारु, जेब्रा, डाइनोसर जस्ता जनावरका प्रतिकात्मक मूर्ति चिडियाखानामा हुनेछन् । महोत्सवको अवधिभर स्वदेशी विदेशी विज्ञको सहभागितामा राष्ट्रियस्तरका गोष्ठी र छलफल चलाइने छ । चितवनका पर्यटकीय स्थलमा सस्तो र सुलभ प्याकेज निर्माण गरी पर्यटकलाई घुमाउने, खुवाउने र बसाउने कार्यक्रम रहेको छ । नारायणी नदीमा मोटरबोट, ¥याफटिङ र डुङ्गामार्फत जलविहार गराइँदैछ । बोटे जातिको पेशा संरक्षण गर्दै उनीहरूबीच डुङ्गा दौडसमेत गर्न लागिएको प्रधानले बताए । हेलिकप्टरबाट दृश्यावलोकन समेत गराइने छ । महोत्सव परिसरमा निर्माण गरिने मनोरञ्जन उद्यानले दर्शकलाई आकर्षण दिनेछ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसर समेत तयार गरिएको छ । हरेक दुईरदुई वर्षमा उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्दै आएको १२औंँ यस महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा पाँच सय भन्दा बढी कक्ष रहने छन् । यस वर्ष महोत्सवमा ‘मेड इन नेपाल’ भन्ने छुट्टै कक्ष परिसर बनाइदै छ परिसरमा उत्पादित वस्तुको २० कक्ष रहने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुमनारायण श्रेष्ठले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने बताएका छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies