Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो

लहान । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता भएको र निर्माण भएका सडक र नालासमेत वर्षदिन नबित्दै भत्किन थालेको व्यापक जनगुनासोपछि आयोग इटहरीले पत्र काटेर सम्पूर्ण वितरण माग गरेको हो । आयोग इटहरीले गत २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र काटेर सडकको हालसम्मको अवस्था, सम्पन्न भएको र गर्न बाँकी रहेको कार्य, हालसम्म भुक्तानी भएको, निर्माण कार्य सम्पन्न नहुनुका कारण लगायतको विवरण माग गरेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनी काम अलपत्र छाडेर सम्पर्कबिहीन भएपछि हाल करीब ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीले बताएका छन् । कूल रु ११ करोड एक लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित उक्त योजनाअन्तर्गत निर्माणाधीन उक्त सडकसँगै सडक छेउमै पानी बहावको लागि निर्माण गरिएको नालासमेत एक÷डेढ वर्ष नबित्दै भत्किन थालेको छ । तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकबाट ठाउँ ठाउँमा कालोपत्रे उप्किनुको साथै खाल्डाखुल्डी समेत देखिएको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा रु सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भएको जनाइएको छ । जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभि खसीबजार काठमाडौँ नामक ठेक्केदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको हो । सम्झौताअनुसार सडक स्तरोन्नति योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण समेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् । बलानबिहुल गाउँपालिका–५ का वडाअध्यक्ष समेत रहेका मो. हन्सुले भने, “एकातिर नालामा गुणस्तरहीन सामग्रीको प्रयोग भएको छ, भने अर्कोतिर नाला छोप्ने ढक्कन नलगाउँदा दुर्गन्धले समस्या भएको छ ।” यस्तै कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करीब साढे १६ किलोमिटरसम्म निर्माण गरिने उक्त सडक निर्माणको काम समयमा पूरा नहुँदा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी हुन थालेकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासीको भनाइ छ । ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पूरा नभएको र भएका काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सो निर्माण कार्यको छानबिन हुनुपर्ने माग गरेका छन् । यता प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्का गराएपछि शुरुवात गर्ने छाटकाट देखाए पनि पुनः काम रोकेको बताउनुभयो । काम शुरुवात नगरे अब कडा रुपमा प्रस्तुत हुने गोइतको भनाइ छ । । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies