Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

घरबास चलाउन कस्सिए गाउँले

बागलुङ । काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको हो । बौर, डोटा देउराली र रेश सामुदायिक घरबास गरी तीन घरबास सञ्चालनको तयारीमा छन् । “गाउँपालिकामा दर्ता गरी काम अघि बढाएका छौँ”, बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले भने । उनका अनुसार पहिले पूर्वाधार तयारी र प्रचारप्रसारलाई जोड दिइएको छ । तीन वटैमा गरी कूल २१ घरमा घरबास सञ्चालन हुनेछ । बौरका पाँच, डोटा देउरालीका सात र रेशका नौ घर समेटिएका छन् । सबैमा गरी झण्डै १०० पाहुना राख्न सकिने जनाइएको छ । घरबास चलाउनेमा दुई जनजाति बाहुल्य बस्ती हुन् । “पाहुनालाई सेवासुविधा कसरी दिन सकिन्छ भन्नेतिर लागेका छौँ”, अध्यक्ष पुनले भने, “पूर्णरूपमा सेवा दिन केही समय लाग्ला ।” घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना गाउँलेको छ । ग्रामीण जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने ठानिएको छ । कोदो, मकै, गहुँ, फापर, तोरी, आलुजस्ता स्थानीय उत्पादनबाट बन्ने परिकार घरबासमा उपलब्ध हुनेछन् । नजिकै रहेको चापाखर्क पर्यटकको लागि अर्को आकर्षण बन्ने देखिन्छ । करीब १९०० मिटरको उचाइमा अवस्थित चापाखर्क हिमशृङ्खला अवलोकनको लागि उत्तम गन्तव्य हो । “चापाखर्कबाट दर्जनौँ हिमाल देख्न सकिन्छ, यहाँको वातावरण नै पर्यटक लोभ्याउने खालको छ” वडा नं ७ का अध्यक्ष प्रेम लामिछानेले भने । आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा समेत घरबासले टेवा पुर्याउने उनको भनाइ छ । त्यहाँ पुग्ने पर्यटक पदयात्रा मार्फत गाजा दह, भकुण्डे, भैरवस्थान पुग्न सक्छन् । “व्यवस्थित पदमार्ग, पार्क, दृश्यावलोकन स्तम्भजस्ता पर्यटकीय संरचना बनाउने योजना छ”, अध्यक्ष लामिछानेले भने, “घरबाससँगै रेशको समग्र पर्यटन विकास हाम्रो प्राथमिकतामा छ ।” उनले घरबासका लागि पूँजीगत अनुदान दिन प्रदेश सरकारसँग माग र प्रस्तावना पठाइएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले तय गरेको कार्यविधि र मापदण्डअनुसार घरबास चल्नेछ । प्रदेश सरकारले पनि गण्डकीमा ३०० घरबास चलाउने योजना अघि सारेको छ । एउटा घरबासका लागि रु १० लाखसम्म अनुदान दिने नीति छ । रेशमा पर्यटक भित्र्याउन घरबासले टेवा पुग्ने ठानिएको छ । घरबासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास प्रभावकारी हुने ठानिएको छ । पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १५ किमी मोटर यात्रामा रेश पुग्न सकिन्छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies