Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अमेरिकी चुनावमा रुसको संलग्नताबारे के खुलासा गरेको छ नयाँ प्रतिवेदनले ?

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्न रुसले सबै महत्त्वपूर्ण सामाजिक सञ्चारमाध्यमको प्रयोग गरेको एउटा रिपोर्टले दाबी गरेको छ।

नयाँ अनुसन्धानले यूट्यूब, टम्ब्लर, इन्स्टाग्राम र पेपाल साथसाथै फेसबुक र ट्वीटर प्रचारप्रसार फैलाएर फाइदा लिनका लागि प्रयोग भएको जनाएको छ। अमेरिकाको सिनेटले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले रुसको गलत सूचनाको प्रयास कतिसम्म थियो भन्ने उदाङ्गो पारेको छ। उक्त रिपोर्टका लेखकहरूले प्रविधिसम्बन्धी कम्पनीहरूले ढिला र असंगठित ढंगले जनाएको प्रतिक्रियाको आलोचना गरेका छन्।

विश्लेषण

उक्त रिपोर्ट अक्स्फर्ड विश्वविद्यालयको \'कम्प्यूटेशनल प्रोपोगाण्डा प्रोजेक्ट\' र सामाजिक सञ्जालको विश्लेषण गर्ने कम्पनी \'ग्राफिका\'ले संयुक्त रुपमा तयार गरेको हो। फेसबुक, ट्वीटर र गुगलले सिनेटको गुप्चतरसम्बन्धी समितिमा प्रदान गरेको लाखौं सामाजिक सञ्जालका पोष्टहरूको यो विश्लेषण पहिलोपटक गरिएको हो। फेसबुक र ट्वीटरले यसअघि नै रुसी हस्तक्षेपबारे खुलासा गरे पनि अन्य सामाजिक सञ्जालसम्बन्धी साइटहरूको प्रयोगबारे भने कमैमात्रै थाहा हुन आएको थियो। विभिन्न माध्यमहरूका लक्षित प्रयोगकर्तासम्म पुग्न रुसले डिजिटल बजारमा अपनाएको प्रविधिमा यूट्यूब, टम्ब्लर, पेपाल र गुगलप्लस सबै प्रभावित भएको उक्त रिपोर्टले जनाएको छ।

निरुत्साहित गर्ने प्रयास

उक्त अनुसन्धानले रुसको कम्पनी ईन्टरनेट रिसर्च ईन्स्टिट्यूट (आईआएए) ले नेतृत्व गरेको एउटा बृहद् प्रचारप्रसारबारे विस्तृतमा उल्लेख गरेको छ। आईआरएलाई अमेरिकाको गुप्तचर समुदायले रुस सरकारसँग निकट रहेको इन्टरनेटमा अन्धाधुन्ध रुपमा कसैको पक्ष वा विपक्षमा सन्देशहरू फैलाउने कम्पनीको रुपमा व्याख्या गरेको छ। उक्त रिपोर्टले चुनावी प्रक्रियाबारे गलत सूचना फैलाएर वाम झुकाव भएका अफ्रिकीअमेरिकी नागरिकहरूको मताधिकारको शक्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको देखाएको छ। सिनेटले सोमवार नै सार्वजनिक गरेको अर्को अनुसन्धान कम्पनी न्यू नलेजले पनि अफ्रिकी अमेरिकीहरूलाई प्रभाव पार्न रुसले गरेको प्रयासबारे उल्लेख गरेको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies