Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

निर्मला प्रकरण छानबिन प्रतिवेदनको निष्कर्ष : अनुसन्धानमा चरम लापरबाही

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । धेरै प्रहरी आफ्नो दायित्वमा चुकेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । ‘कुन प्रहरीले अनुसन्धानमा कस्तो गल्ती गरेको थियो, प्रस्ट रूपमा प्रतिवेदनमा दिएका छौँ,’ समितिका एक अधिकारीले भने, ‘तर, अनुसन्धानमा भएको गल्ती नियोजित हो भन्न सक्ने आधार देखिएन ।’ ३१ भदौमा गठन भएको समितिले अध्ययन र विश्लेषणपछि विभिन्न सुझाबसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’ तीन दर्जन प्रहरी कारबाहीमा पर्ने समितिको सिफारिसअनुसार करिब तीन दर्जन प्रहरीमाथि विभागीय कारबाही हुनेछ । यसअघि नै गृह मन्त्रालयले एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय गरिसकेको छ । डिएसपीहरू अंगुर जिसी, ज्ञानप्रसाद सेठी, इन्स्पेक्टर एकेन्द्र खड्कालगायतलाई पनि कारबाहीको सिफारिस भएको छ । डिएसपी जिसी, इन्स्पेक्टर खड्का, असई रामसिंह धामी, सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा छन् । निलम्बन गरिएका डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । घटनास्थलका पुगेका र अनुसन्धानमा खटिएका सबै प्रहरी कारबाहीमा पर्ने स्रोत बताउँछ । घटनास्थलको सुरक्षासमेत गर्न नसकेको तथा निर्मलाका कपडा प्रमाणस्वरूप राख्नुपर्नेमा त्योसमेत जलाउनुलाई गम्भीर लापरबाहीका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरी जवान चाँदनी साउदले मृतकको कपडा पानीमा चोपलेर उनको शरीर छोपिदिएकी थिइन् । प्रमाण नष्ट गर्न त्यसो गरिएको आरोप लागेको थियो । कसैको निर्देशनमा नभई माटो लागेको सुरुवाल पानीमा चोपलेर मृतकको गोप्य अंग छोपिएको उनको बयान छ । अनुसन्धानमा डिएनए रिपोर्ट पर्खंदै प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्वमा सो घटनाको अनुसन्धान भइरहेको छ । जसमध्ये महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई थुनामै राखेर अनुसन्धान भइरहेको छ । उनीहरूले आरोप स्वीकार गरेको र प्राविधिक अनुसन्धानमा पनि उनीहरूको संलग्नताको पर्याप्त आधार देखिएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेको छ । अन्य आशंकित २० जनाको पनि डिएनए परीक्षण भइरहेको छ । शंकास्पद व्यक्तिहरूको डिएनए परीक्षण गरिएको र रिपोर्ट नआइकन यो अनुसन्धानका विषयमा केही भन्न नसकिने सिआइबीका डिआइजी निरज शाहीले बताए । प्रहरीले यसअघि नौजनाको डिएनए परीक्षण गरेको थियो । गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीकै पोलिग्राफ समितिले घटनास्थलमा खटिएका तथा अनुसन्धानमा आबद्ध भएका सबै प्रहरीसँग बयान लिएको थियो । जसमध्ये केहीले ढाँटेको परीक्षणमा खुलेको थियो । केही प्रहरीले पोलिग्राफ परीक्षण गर्न मानेका थिएनन् । अनुसन्धानको क्रममा दबाब आएका कुरालाई समेत प्रतिवेदनमा पेस गरिएको एक सदस्यले बताए । डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘पृष्ठभूमिका आधारमा विष्ट अनुसन्धानका लागि पक्राउ गर्नेपर्ने व्यक्ति देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्, ‘तर, जसरी विस्तृत अनुसन्धान नगरी अभियुक्त भनेर सार्वजनिक गरियो, त्यो गम्भीर भुल थियो ।’ कानुन शाखाले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवेदनअनुसार प्रहरीको कानुन शाखाले दोषी प्रहरीउपर कारबाही अघि बढाउनेछ । स्पष्टीकरण सोध्ने र जवाफ आएपछि विभागीय कारबाही गरिने एक अधिकारीले बताए । समितिमा डिआइजी निरज शाही, एसएसपी उत्तम सुवेदी, एसपी डा. गणेश रेग्मी, डिएसपी रमेश थापा, ज्ञानेन्द्र बस्नेत, सन्तोष आचार्य, दधिराम न्यौपाने, कौशल बुढाथोकी, इन्स्पेक्टर दीपक कार्की र सई सुमन थापा सदस्य थिए । त्यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies