Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संस्थाले दियाे शहरका ११ गरीब परिवारलाई  किराना पसलकाे चाबी

काठमाडौँ । रामेछापकी गीता खड्का बस्याल काठमाडौँको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गौला रोगी बस्याललाई परिवारको गर्जो टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८र१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उनलाई सकस थियो । दुखजिलो गरेर जीवन गुजार्दै आएकी उनी आज एउटा किराना पसलको चाबी प्राप्त गर्दा औधी खुशी भएकी छिन् । शहरी गरीबहरू खोज्ने क्रममा ग्रामीण विकास केन्द्र नेपालले आयआर्जनका लागि व्यावसायिक विकास परियोजनाअन्तर्गत उनका लागि किराना पसल नै सहयोग गरेको थियो । चाबी लिँदै उनले सहयोग पाएकोमा खुशी व्यक्त गरिन् । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसामु बस्यालले भनिन्, “आफ्नो मासिक औषधि खाने र घरव्यवहार चलाउन किराना पसलले मलाई ठूलो सहयोग गर्नेछ ।” उनीसँगै चाबी पाउनेमा विशाल मियाँ पनि छन् । गरीबलाई किराना पसल सहयोग गरेकामा अब भने बालबालिका पढाउनका लागि दुःख नहुने मियाँले प्रतिक्रिया दिए । उनीहरू सहित काठमाडौँका विभिन्न ११ गरीब परिवारले आज किराना पसल नै प्राप्त गरेका छन् । सडकका विभिन्न क्षेत्रबाट खोजेर ११ परिवारलाई किराना पसल सहयोग गरिएको हो । ती परिवारलाई कतार च्यारिटीको आर्थिक सहयोगमा आयआर्जनका लागि व्यावसायिक विकास परियोजना मार्फत ग्रामीण विकास केन्द्रले किराना पसल सहयोग गरेको हो । पसलको केही महीनाको भाडा समेत संस्थाले नै उपलब्ध गराउने जनाइएको छ । समग्रमा रु २१ लाखको परियोजनामा ११ पसल सहयोग गरिएको संस्थाले जनाएको छ । कतार च्यारिटीका परियोजना व्यवस्थापक इसाद अली शेखले गरीब परिवार छनोट गरेर किराना पसल सहयोग गरिएको जानकारी दिए । उनका अनुसार संस्थाले यसअघि सर्लाही र रौतहटमा २६४ परिवारलाई बाख्रा पालनमा सहयोग गरेको छ । यस्तै रुपन्देही र कपिलवस्तुमा मौरी र कुखुरा पालनमा सहयोग गरेको तथा विभिन्न जिल्लाका ९५ गरीब परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको जनाइएको छ । पसलको चाबी हस्तान्तरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले समस्यामा परेका गरीब तथा असहायका लागि किराना पसल सहयोग गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै यही नै वास्तविक धर्म हो भने । “इज्जत भनेको मेहेनत र पौरखको भरोसा हो, पसल प्राप्त गरेर मेहेनत गर्न कस्सिएका उनीहरूको भावनाले त्यही बोलिरहेको छ”, नेता नेपालले भने । सरकारले समृद्धिको यात्रा तय गरेको उल्लेख गर्दै उनीले देशमा अझै शिक्षाको चेतना कम भएकाले सरकारले भर्ना अभियानलाई तीव्रता दिएको बताए । कार्यक्रममा सांसद अतहर कमाल मुसलमानले आज दिइएको सहयोगले ११ परिवारको आयआर्जनमा महत्वपूर्ण सहयोग हुने विश्वास रहेको बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies