Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महायज्ञबाट उठेको रकमबाट गणेशधाम बनाउने महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रतिबद्वता

भरतपुर। भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ बाट सो रकम सङ्कलन भएको हो । भरतपुर महानगरपालिका र प्रदेश सरकारले पनि गणेशधाम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशधाम निर्माणका लागि महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाइन् । भरतपुर महानगरपालिका– ११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणार्थ स्थानीयवासी सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । महायज्ञमा उठेको रकमले मात्रै गणेशधाम निर्माण सम्भव नभएकाले निर्माणको चरणमा पनि आर्थिक सङ्कलन गरिने उनले बताए । महायज्ञका प्रमुख वाचक पण्डित दीनबन्धु पोख्रेलले गणेशधामलाई केन्द्र बनाएर धार्मिक परिपथ बनाउनुपर्ने तथा देवघाट, मौलाकालिका, शास्वतधाम र गणेशधामलगायतका क्षेत्रले चितवन र नवलपुरलाई धार्मिक तथा आध्यात्मिक नगरिका रुपमा विकास गर्ने बताए । कार्यक्रममा गणेशधामको परिकल्पनाकार सांसद विजय सुवेदीलाई अभिनन्दन गरिएको थियो । धाम निर्माणका लागि प्रदेश नं–३ सरकारले समेत रु ८० लाख विनियोजन गरिसकेको छ । गणेश धामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । डिपिआर अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिगाहामा गणेशधाम निर्माण गर्ने योजना छ । २५ बिगाहामा पोखरी निर्माण गरिने छ । डिपिआरअनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुनेछ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies