Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कँडेलले जानकारी दिए । जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री छन् ।

त्यसैगरी पूर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पँगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे छन् ।

त्यसैगरी रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जीवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रको सचिव पदमा बाँडफाँड गरी एकता स्थानीय तहमा टुङ्गो लगाएका छन् । तत्कालीन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिकामा अध्यक्ष र सचिवमा सबै एमाले हुन् ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा पाल्पाका नेता तथा प्रदेश सदस्य राजेन्द्र विश्वकर्माले बताए । पुस २० गतेसम्म नेकपाको वडास्तरमा कमिटी विस्तार हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies