Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले पत्रकार सम्मेलन गरेर सो चेतावनी दिएको हो ।

सञ्जालले कर्मचारी समायोजन अध्यादेश समग्र कर्मचारीको हित विपरित र केही उच्च प्रशासकहरुको हितमा रहेको, रापअनं प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएको र त्यो हटाउनुपर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारीहरु निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुनुपाउनुपर्ने, तहगत वा श्रेणीगत एकद्धार प्रणालीमार्फत कर्मचारी समायोजन गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने व्यबस्थाले सिनियर कर्मचारी जुनियर कर्मचारीको मातहमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणीविहिनदेखि विशष्ठ श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव जेष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवासुविधा खटिएकै श्रेणी वा तहको हुनुपर्ने लगायतका सुझाव पेस गरेको छ ।

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले हालै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितविपरित भएको दाबी गरेका छन् । पहुँच भएका कर्मचारीहरु सिंहदरवारमा रहने र पहुँच नभएका कर्मचारी जुम्ला, कालिकोट पुग्नुपर्ने जस्तो विभेदकारीअध्यादेश ल्याएको बताउँदै संयोजक मेहताले भने,‘सरकारले संसद छलेर ल्याएको अध्यादेश कर्मचारीको हितमा त छैन् त्यसैमा संविधानको मर्म विपरित अध्यादेश ल्याइएको छ, यसमा हाम्रो गम्भिर आपत्ति छ, लोकतन्त्र, गणतन्त्र ल्याउनको लागि हाम्रो पनि भूमिका रहेकोछ, राजतन्त्रको समयमा समेत यस्तो विभेद भएको थिएन, यो निरंकुश शैली भयो, २१ दिनभित्र सरकारले तोकेको जिल्लामा नगएको खण्डमा बर्खास्त गरिने जस्ता धम्कि दिनु निरंकुशता हो, एकदर प्राणालीका आधारमा कर्मचारी समायोजन गर्न सरकारसँग माग गर्दछ ।’

उनले भने,‘केही पहुँच भएका प्रशासकहरुको इशारामा सरकारले अध्यादेश ल्याउने काम आफैमा विभेदकारी र संविधान विपरित छ, यस्ता गम्भिर त्रुटी गर्नु सरकार संघीयतालाई सफल रुप दिन नचाहेको बुझिन्छ, केहीलाई तहगत र केहीलाई श्रेणीगत रुपमा गरिने समायोजन विभेदाकारी छ ।’

त्यस्तै कार्यक्रम नेपाल पशु स्वास्थ्य प्राविधिक संघका अध्यक्ष जनक बहादुर रावलले संसदबाट ल्याइएको कर्मचारी समायोजन ऐनलाई लत्याउदै चोरबाटोबाट संसदलाई छलेर ल्याएको अध्यादेश प्राविधिक कर्मचारीहरुको हितमा नरहेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies