Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

अलौकिक शक्ति भएका मानिसहरु \'कमिक्स\' र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्। तर केही मानिसहरूसँग हुने कतिपय विशेष क्षमता धेरैका लागि भने सपनाकै रूपमा रहेको हुन्छ।

कतै तिनलाई जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन)का रूपमा व्याख्या गरिन्छ भने कसैका सन्दर्भमा ती मानिसहरूले विशेष वातावरणमा कसरी आफूलाई अनुकुल गराउन सके भन्ने कुरा महत्वपूर्ण देखिएको छ।

यहाँ त्यस्ता पाँच उदहारणमा विशेष क्षमताका कुरा गरिएको छ जुन हामीमध्ये निकै कमैसँग मात्र छ।

१. पानीमुनी स्पष्ट हेर्न सक्ने क्षमता
पानीमुनी आँखा खोल्दा हामी धेरैजसोले धमिलो देख्छौं।

\"\"

तर म्यानमार र थाइल्याण्डका एन्डमन तटीय क्षेत्रका मोकेन आदिवासी बालबालिकाहरू भने अपवाद हुन्।

यी टापुवासीहरूलाई समुद्री घुमन्ते भन्ने गरिन्छ। त्यसो किनभने उनीहरू वर्षमा धेरैजसो समय पानीमाथि छाप्रो बनाएर वा डुंगामै तैरिएर बस्छन्।

त्यसो गरेरै उनीहरूले समुद्री वनस्पती र जनावरहरू सङ्कलन गर्दै आफ्नो जीविका चलाउँछन्।

पानीमुनी स्पष्ट देख्न सक्नेगरी उनीहरूको आँखा कसरी अनुकुलन भएको छ भन्ने एउटा व्याख्या त्यो पनि हो।

भौतिकशास्त्रकै दृष्टिले एकपटक हेरौं
हावासँगको सम्पर्कमा, नेत्रपटलमा छिर्दैगर्दा प्रकाश प्रतिविम्वित हुन्छ जुन घनत्वका हिसाबले हावाको भन्दा बढी हुन्छ। तर पानी र आँखामा हुने तरल पदार्थको घनत्व लगभग उस्तै हुन्छ।

जसले गर्दा स्पष्ट दृष्टि दिनेगरी पर्याप्त प्रतिविम्वको अभाव देखिन्छ।

पौडँदा लगाइने चश्माले आँखा र पानीको बीचमा खाली ठाउँ सिर्जना गरेर उक्त समस्या समाधान गर्छ।
सन् २००३ मा \'करेन्ट वायोलोजी\' जर्नलमा प्रकाशित एक अध्ययन अनुसार मोकेन बालबालिकाको आँखामा पानीमुनी अनुकुलन हुने क्षमता छ।

त्यस्तो क्षमता डल्फिनसँग पनि हुनेगर्छ जसले विना कुनै समस्या पानीभित्र समेत स्पष्ट देख्नेगर्छ।

अर्को एउटा अध्ययनले समुद्रमा पानीबाहिर रहेर भालाका भरमा माछा मार्ने वयस्क मोकेनहरुमा भने विस्तारै उक्त क्षमता गुम्दै गएको देखाउँछ।

२. ठिहिर्‍याउने चिसोसँग अभ्यस्त
मानव शरीरको सामान्य तापक्रम ३६.५ डिग्री सेल्सियसदेखि ३७.५ डिग्री सेल्सियसबीच हुनेगर्छ।

\"\"

त्यसले अधिकांश मानिसहरू चिसोमा भन्दा तातो मौसममै बढी सहजता अनुभव गर्छन् भन्ने देखाउँछ।

तर उत्तरी ध्रुवमा बस्ने इनुइटहरू र उत्तरी रसियामा बस्ने निनेट्सहरू भने ठिहिर्‍याउँदो तापक्रममा पनि सहजताका साथ बस्न सक्छन्।

उनीहरूको शरीरले चिसोसँग बेग्लै तरिकाबाट प्रतिक्रिया जनाउने कारण ती जैविक रूपमै हामीभन्दा फरक छन्।

उनीहरूको छाला हाम्रो भन्दा तातो हुन्छ र पाचनप्रक्रियाको दर पनि उच्च। उनीहरूसँग पसिनाका ग्रन्थीहरू कम छन् र चिसोबाट कमै आत्तिन्छन्।

यस्ता चरित्रहरू पुरै वंशाणुगत नै हुन्। इनुइट वा निनेट बाहेकका अरू मानिसहरूमा उत्तरी ध्रुवमै दशकौंसम्म बस्दा पनि कठ्याङ्ग्रिँदो जाडो सहने क्षमताको विकास हुँदैन।

३. थोरै सुतेरै पनि चनाखो र सक्रिय
धेरैजसो मानिस हरेक रात सातदेखि नौ घण्टा सुतेपछि स्फूर्ति महसुस गर्न सक्छन्।

\"\"

तर अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले सन् २०१४ मा गरेको एक अध्ययनले पत्ता लगाए अनुसार एक अनुवंश परिवर्तन (जेनेटिक म्युटेसन) भएका मानिसले ६ घण्टाभन्दा कम सुतेरै आरामसाथ काम गर्न सक्षम बनाएको छ।

वंशाणुगत उत्परिवर्तन \'डीइसीटु\' भएका मानिसहरूले अरुले भन्दा थोरै समय तर असाध्यै गहिरो निदाउँछन्। उनीहरू कम निन्द्रा पर्दा हुने समस्याप्रति प्रतिरोधी हुन्छन्।

निद्रा अभाव भएमा मानिसको एकाग्रतामा असर पर्छ।

त्यसका कारण मानसिक र शारीरिक स्वास्थ्य समस्याहरू देखिन्छन्।

तपाईँ ६ घण्टा भन्दा कम सु्त्नुहुन्छ र राम्रै महसुस गर्नुभएको छ भने विचार गर्नुहोस् है त्यसले तपाईँलाई कुनै दिन नराम्रो प्रभाव पार्ला नि।
अध्ययनकर्ताहरू के भन्छन् भने त्यस्तो वंशाणुगत उत्परिवर्तनले निकै कम मानिसमा मात्र देखिएको छ।

अध्ययन गरिएकामध्ये १ प्रतिशतभन्दा कमले मात्र रातमा छ घण्टाभन्दा कम सुत्न सकेका थिए।

४. बाक्ला हड्डी
बुढ्यौलीसैँग हड्डीको घनत्व पातलिँदै जानु सामान्य प्रक्रिया हो। तर कसैकसैमा यो प्रक्रिया निकै छिटो हुने गरेको खतरा बढ्न सक्छ।

\"\"

तर कतिपय मानिसहरूमा हुने जेनेटिक म्युटेसनले दुर्लभ र उल्टो समस्या उत्पन्न गराउन सक्छ। \'स्केरोस्टेसिस\' भनिने समस्यामा भने प्रभावित व्यक्तिको जीवनभर हड्डी बाक्लिँदै जाने समस्या देखिन्छ।

अमेरिकाको बोथेलस्थित सिरोसाइन्स रिसर्च एण्ड डेभलपमेन्टका वैज्ञानिकहरूका अनुसार त्यहाँको वासिङ्टन राज्यमा एसओएसटी वंशाणुले कसरी \'प्रोटिन स्लेरोस्टिन\' भनिने हड्डी निर्माण गर्ने तत्वको उत्पादनमा असर गर्छ भन्ने पहिचान गरेको छ।
यस्तो ज्ञानले बुढ्यौलीमा हड्डी पातलिने समस्याको समाधान खोज्न सहयोग पुग्ने आशा राखिएको छ तर यसका पनि आफ्नैखाले समस्या छन्।

हड्डी बढ्दै मात्र गएमा शरिर भिमकाय बन्ने, अनुहारको कुरूपता र बहिरोपनको समस्या देखिन सक्छ।

यस्तो वंशाणुगत अवस्था डच भाषा बोल्ने अफ्रिकानेर भनिने दक्षिण अफ्रिकी समुदायमा देखिएको छ।

५. उच्च भू-भागमा बस्न सक्ने क्षमता
एन्डिएन समुदाय समुद्री सतहभन्दा ५ हजार मिटर माथिको उचाईमा बसोबास गर्छ।

\"\"

उच्च पहाडी वा हिमाली क्षेत्रमा बाहिरका मानिसहरू विरामी पर्नुको मुख्य कारण त्यहाँ अक्सिजनको अभाव हुनु हो जस्को मात्रा समुद्री सतहभन्दा जतिधेरै माथि गयो त्यति कम हुँदै जान्छ।

उचाइमा अक्सिजन अभाव भएर विरामी पर्ने वा लेक लाग्ने समस्याका लक्षणहरूमा झर्को लाग्नु, टाउको दुख्नु, रक्तचाप घट्नु र श्वासप्रश्वासमा समस्या आउनेजस्ता हुन्।

तर एन्डिज क्षेत्रका क्युचा र हिमालय क्षेत्रका तिब्बतीहरूमा गरिएको अध्ययनले भने प्राकृतिक छनौटको प्रकृयाले कसरी वंशाणुगत ढङ्गबाट उच्च भूभागमा बस्न अनुकुल तुल्याएको हुन्छ भन्ने देखाएको छ।
समयक्रममा त्यस क्षेत्रमा बस्ने मानिसहरूको छाती ठूलो हुँदै गएको छ। त्यस्ले गर्दा उनीहरूको फोक्सोका लागि अलि बढी स्थान उपलव्ध हुन्छ र तिनीहरूले हरेक श्वासप्रश्वासमा धेरै अक्सिजन लिन सक्छन्।

जब अरू मानिसहरूले थोरै अक्सिजनका भरमा धेरै रक्तकोषहरू उत्पादन गर्छन् यी मानिसहरूमा त्यो कम हुन्छ।

किनभने उनीहरूमा यी वंशाणु चरित्रहरू हजारौं वर्षको अन्तरालमा स्थापित भएका हुन्। हिमालका मानिसहरू बसाई सरेर तल्ला भेगमा गए तापनि त्यसमा परिवर्तन आएको देखिएको छैन। बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies