Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

काराकास । भेनेजुएलाका पूर्व तेलमन्त्री नेल्सन मार्टिनेजको भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेको अवस्थामा कारागारभित्रै निधन भएको छ । अधिकारीहरुका अनुसार स्वास्थ्य समस्याका कारण उनको निधन भएको हो ।

गत वर्ष नोभेम्बर ३० मा पक्राउ परेका उनको स्वास्थ्य अवस्था केही समययता बिग्रँदै गरेको बताइएको छ । निरन्तर विरामी भइरहेका मार्टिनेज अघिल्लो महिना मात्रै स्वास्थ्य जाँचका लागि उनी अस्पताल पुगेका थिए ।

साथै किड्नीमा समस्याका कारण उनलाई कारागारबाटै सैनिक अस्पताल पठाइएको थियो । अधिकारीहरुका अनुसार डायलासिस गराउने क्रममा उनको हृदयघात भएको हो ।

\"\"

प्रतिपक्षी नेता राफेल रेमिरेजले भने उनको निधनमा सरकारको लापरवाही भएको साथै राष्ट्रपति निकोलस मादुरो यसमा जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘नेल्सन मार्टिनेजलाई मादुरोको आदेशमा अपहरण गरियो र अभियोग लगाइयो । जब कि, मादुरोलाई उनको विमारबारे जानकारी थियो । तर तिनिहरुले उनको सुरक्षा तथा बाँच्न पाउने हकलाई अस्वीकार गरे । मादुरो, तिमी यसमा जिम्मेवार छौ,’ रेमिरेजले आफ्नो ट्वीटरमा लेखेका छन् ।

रेमिरेज सन् २००४ देखि ‘पिडिभिएसए’ पार्टीका अध्यक्ष तथा ह्युगो चावेजका निकटस्थ ‘गुट’का नेता पनि थिए । जेलभित्रैबाट पुनरावेदनका लागि मुद्दा दायर गरे पनि पटक पटक उनको मुद्दाको सुनुवाइ स्थगित गरिँदै आएको थियो । साथै उनका वकिलहरुले केही महिनाअघिदेखि नै मार्टिनेजलाई स्वास्थ्यका कारण घरमै बस्ने सुविधाको लागि आग्रह गर्दै आएका थिए ।

भेनेजुएलामा यसअघि पनि थुप्रै नेताहरुको जेलमै निधन भएको छ । मानवअधिकार संस्था फेरो पेनलका अनुसार अहिले भेनेजुएलामा २ सय ८८ जना राजनीतिज्ञ विभिन्न अभियोगमा कारागारमै छन् । एजेन्सी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies