Khabar Dabali Logo
  June 25, Tue

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने यस्तो संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्।

‘देशको लागि जे राम्रो हुन्छ म त्यही नै गर्छु’ ट्रम्पले भने।

४६ वर्षिय मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरुको बेवास्ता गर्दै इरानलाई टेलिकम सामाना बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ।

अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत उनी डिसेम्बर १ तारिखमा भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो।

मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छिन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ।

क्यानाडाको एक अदालतले चिनिया टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ।

ह्वावेइकी मङ्गलाई रिहा गर्न क्यानाडा र अमेरिकामाथि दबाब

रोयटर्स समाचार संस्थासँगको अन्तर्वार्तामा ट्रम्पले भने चीनसँग व्यापार सम्झौता हुने अवस्थामा उनले अमेरिकी न्याय मन्त्रालयले हेरिरहेको मङ्ग विरुद्धको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने संकेत दिएका हुन्।

ट्रम्पले भने, ‘मेरो विचारमा अब हुन लागेको ठूलो व्यापारका लागि त्यो कदम राम्रै हुनेछ। त्यो महत्त्वपूर्ण कुरा हो। त्यो देशको सुरक्षाको लागि राम्रो हुनेछ। मलाई राम्रो लागेमा म अवश्य पनि हस्तक्षेप गर्नेछु।’

क्यानडका न्यायाधीशले मङगबाट ७५ लाख डलर धरौटी लिने र खुट्टामा ुइलेक्ट्रोनिक ट्यागु अर्थात विद्युतीय उपकरणसहित उनी निरन्तर निगरानीमा रहनु पर्ने आदेश दिएका छन्।

उनको अमेरिका सुम्पने प्रक्रिया पूरा हुन वर्षौँ लाग्न सक्छ।

उनी पक्राउ परेपछि चीनमा आक्रोशहरू व्यक्त भएका थिए। उनलाई नछोडिए गम्भीर परिणामहरू हुने चेतावनी चीनले दिएको थियो।

चीनमा क्यानडाली पक्राउ
अर्कोतिर क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा एक पूर्व क्यानडाली कूटनीतिज्ञलाई हिरासतमा लिइएको सम्बन्धमा आफूले बेइजिङबाट जबाफहरू खोजिरहेको बताएका छन्।

माइकल कोभ्रिङ इन्टरन्याशनल क्राइसिस ग्रुप नाम गरेको नीति अनुसन्धान संस्थामा काम गर्दछन्।

क्यानडाका एक मन्त्रीले उनको गिरफ्तारी र मङ्ग वान्जू पक्राउ पर्नुबीच सीधा सम्बन्ध भए नभएको अझै प्रष्ट भइसकेको छैन।

अमेरिकी विदेश मन्त्रालयले पनि कोभ्रिङलाई नियन्त्रणमा लिने कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई मानिसहरूलाई जथाभाबी पक्रिने क्रम रोक्न आह्वान गरेको छ। बीबीसी

मंसिर २६ गते, २०७५ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले...   

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ११ जना घाइते, दुइकाे अवस्था गम्भीर

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा ६ जना...   

शेयर बजारमा सामान्य सुधार, कति अंकले बढ्यो ?

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल...   
महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

एजेन्सी । इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र...   

हेटौँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड १८ लाख

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको...   

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना कति ?

सियोल ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई...   

लडाकुद्वारा कब्जा गरिएको जिल्ला सुरक्षाकर्मीले लियाे फिर्ता

अफगानिस्तान । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला...   
अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न...   
मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

काठमाडौँ। कैलालीको गोदावरी नगरपालिकाको नगरसभामा विवाद उत्पन्न भएको छ । स्थानीय व्यापारीहरूले उदोग...   

करेन्ट लागेर २८ वर्षीया सीता थापाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top