Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

शिक्षा क्षेत्रको समग्र विकासको लागि भरतपुर महानगरपालिकाले ल्यायाे यस्ता नाैला योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर महानगरपालिकाले स्कुल, कलेजहरुको गुणस्तर सुधारदेखि शैक्षिक बेरोजगार अन्त्यसम्मको योजनाहरु ल्याएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सीपयुक्त, प्राविधिक तथा व्यवहारिक शिक्षा उपलव्ध गराउने योजनाहरु ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भर्ना अभियानलाई सार्थक पार्ने, विद्यालय उमेरका हरेक बालबालिकालाई विद्यालयभित्र पुयाउने, शिक्षकहरुको क्षमतामा वृद्धि गर्ने, दरबन्दी अभाव भएको स्कुलमा शिक्षक दरबन्दी पु¥याउने योजना महानगरले ल्याएको छ ।’ यसबाहेक महानगरले कक्षाकोठाको पठनपाठनलाई प्रविधिमैत्री बनाउने योजनाहरु पनि ल्याएको महानगर प्रमुख दाहालको भनाइ थियो । ‘महानगरको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउनकै लागि स्थानीय पाठ्यक्रम विकास गर्ने तयारी गरेका छौँ, यसको लागि हामीले कार्यदल पनि निर्माण गरेका छौँ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘शिक्षा क्षेत्रको विकास नगरी, शिक्षालाई प्रविधिमैत्री नबनाई स्मार्ट सिटीको कल्पना गर्न सकिँदैन, त्यसैले समग्र शिक्षाको विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको छ ।’

महानगरपालिकाले शिक्षाको विकासको लागि विभिन्न कार्यदल गठन गरिसकेको छ । कार्यदलले यतिबेला काम सुरु गरिसकेको छ । स्कुलस्कुलमा पुगेर गुणस्तर शिक्षा प्रदान भएनभएको अनुगमन गरी तथ्यांक संकलन गर्न थालिएको छ । 
महानगरको शैक्षिक सुधारको लागि ४ वटा कार्यदल गठन गरिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख भूमिलाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले महानगरभित्रको शैक्षिक विकास र समृद्धिको लागि ४ वटा कार्यदल गठन गरेको हो । 

१) शैक्षिक योजना निर्माण कार्यदल :
शैक्षिक योजना निर्माण कार्यदलले समग्र महानगरको शिक्षा प्रणालीलाई सुधार गर्नेछ । शिक्षाविद् रमाकान्त सापकोटाको संयोजकत्वमा ८ सदस्यीय शैक्षिक योजना निर्माण कार्यदल गठन गरिएको छ । यस कार्यदलले शैक्षिक योजना निर्माण गर्न सुरु गरिसकेको छ । उक्त कार्यदलले आउँदो फागुन मसान्तसम्म प्रतिवेदन तयार पार्नेछ । 

२) दरबन्दी मिलान तथा अनुगमन कार्यदल :
यस कार्यदलले शिक्षकको दरबन्दी मिलानको कामदेखि विद्यालयको अनुगमनसमेत गर्नेछ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख भूमिलाल सुवेदीको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनेको हो । 
‘महानगरका कुनै विद्यालयमा दरबन्दी कम र कुनैमा बढी छन् । दरबन्दी मिलाउने काम यो कार्यदलले गर्नेछ’ संयोजक सुवेदीले भन्नुभयो, ‘यो बाहेक यो कार्यदलले अनुगमन पनि गर्नेछ ।’ दरबन्दी मिलान तथा अनुगमन कार्यदलले पनि फागुन मसान्तसम्ममा प्रतिवेदन बुझाउनेछ ।

३) शिक्षा नियमावली मस्यौदा निर्माण कार्यदल :
यो कार्यदलले शिक्षा नियमावली मस्यौदा तयार पार्नेछ । सामाजिक विकास समितिका संयोजक तथा शिक्षा समितिका सदस्य विजय भुजेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । 
उक्त कार्यदल पनि आफ्नो गृहकार्यमा लागिसकेको महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । उक्त कार्यदलले पनि फागुनभित्र प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाउनेछ । 

४) स्थानीय पाठ्यक्रम विकास निर्माण कार्यदल :
भरतपुर महानगरपालिका शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम विकास निर्माण कार्यदल पनि गठन गरेको छ । उक्त कार्यदलमा शिक्षा समितिका सदस्य लेखनाथ खनाल संयोजक रहेका छन् । ७ सदस्यीय रहेको उक्त कार्यदलले आउँदो शैक्षिकसत्रदेखि स्थानीय भूगोल र त्यहाँका बासिलाई मध्येनजर गर्दै स्थानीय पाठ्यक्रमको विकास गर्नेछ । सो कार्यदलले पनि अनिवार्य फागुनभित्रै प्रतिवेदन तयार पार्नुपर्छ । 
यसरी गठन भएका ४ वटा कार्यदलले ढिलोमा फागुन मसान्तसम्ममा शिक्षा समितिमा प्रतिवेदन बुझाउनुपर्ने भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरको शिक्षा समितिमा आएको प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित कार्यपालिका बैठकमा प्रतिवेदन प्रस्तुत गरिनेछ । आउँदो शैक्षिक सत्रदेखि सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ । 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies