Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

समझदारीलार्इ लत्याएको भन्दै स्थानीयबासी आन्दोलित

सिन्धुपाल्चोक । १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्माण कार्यमा विलम्ब गरेको र स्थानीयसँग गरेको समझदारीपत्रलाई समयमा नै कार्यान्वयन गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । सो आयोजनाबाट प्रत्यक्ष प्रभाव परेका ३२ घरघुरी र धनेश्वर मावि र स्वास्थ्यकेन्द्रका पदाधिकारीहरू समेत गरी निर्माण भएको संघर्ष समितिमार्फत् उनीहरू आन्दोलित भएका हुन् ।

\"\"

अान्दोलित बिद्यार्थीहरू

गत मंसीर १६ गते धनेश्वर माविका परिसरमा पत्रकार सम्मेलन गरी सारोकारवालालाई जानकारी दिएका थिए । सो संघर्ष समितिको नेतृत्व धनेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धीलाल श्रेष्ठले गरेका छन् । उनी भन्छन्– ‘मध्य भोटेकोशी आयोजनाले स्थानीयवासीसँग गरेको प्रतिवद्धता अनुसार काम समयमा नै गर्नुप¥यो । गरेको बाचा पूरा गर्नुको सट्टा उल्टै प्रहरी प्रशासनको आडमा स्थानीयबासीहरूलाई दुःखदिने जुन किसिमको रवैया आयोजनाले गरेको छ, यसबाट कसैको पनि कल्याण नहोला नि ।’ धनेश्वर माविका प्रधानाध्यापक बलराम खरेल भन्छन्–‘समयमा नै निर्माणकार्य सम्पन्न हुन नसक्दा नजिकै भएको धनेश्वर माविका विद्यार्थीहरू सधैँ त्राई–त्राईमा बस्नुपरिरहेको छ । पढ्ने वातावरण छैन । विगतमा ४०० जना विद्यार्थीहरू थिए, हाल हाएर १५० मा झरेको छ । धूलोधुवाँ र ध्वनी प्रदूषणका कारण भएका विद्यार्थीहरू पनि राम्ररी पढ्न नसकिरहेको अवस्था छ । विद्यालयको भवन समयमा निर्माण गरिदिएको भए विद्यार्थीले केही त्राण पाउँथे भन्ने प्रधानाध्यापक खरेल बताउँछन् ।

उता, वडा नं. ५ का अध्यक्ष सुब्बा लामा भन्छन्– ‘स्थानीयवासीहरूले ६ करोड लगानी गरेका मध्यभोटेकोशी जलविद्युत आयोजनाले समयमा काम नसक्दा ठूलो धनरासी नोक्सान हुने अवस्था छ । अहिले ३० प्रतिशतसम्म पनि काम नहुनुले परियोजनाले कर्मचारी पाल्ने र काममा अझै ढिलासुस्ती गर्ने कारणले निर्धारित समय सीमाभित्रै काम गर्न हामीले दवाव दिएका हौँ । सार्वजनिक महत्वका विद्यालय र स्वास्थ्यचौकी जस्तो अति संवेदनशील कुरालाई भवन निर्माण गर्ने कार्यमा समेत ढिलो गरेको छ । जसले जनतालाई प्रत्यक्ष समस्या परिरहेको पटकपटक अवगत गराउँदा पनि आलटाल गर्ने ढिलासुस्ती प्रवृत्तिलाई परियोजनाले रोक्नुपर्छ भन्ने हाम्रो अनुरोध हो, यो विरोध होइन ।’

परियोजनाको सम्पन्न हुने समय सकिन ७ महिना मात्र बाँकी रहँदा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७४ मंसीरमा निर्माण कार्य सम्पन्न हुने मिति सकिने छ । भुकम्प कारण ढिलासुस्ती दुई वर्ष थप म्याद पाएको थियो । सो परियोजनाको कुल लागत्र ६ करोड २० लाख अमेरिकी डलरमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएको थियो । केही स्थानीय बासिन्दाले आयोजनाको बाँध क्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर पनि सो जग्गा खाली नगरिदिएकाले समस्या परेको भन्दै निर्माण कम्पनी पन्छँदै आएको छ ।

\"\"

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्ले ढिलाईका कारण लागतमा समेत वृद्धि भएको र अहिलेसम्म आयोजनाको लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेको धारणा राख्दै भन्छन्–‘लागत वृद्धिबारे औपचारिक निर्णय भइसकेको छैन, छलफल गर्दैछौँ हामी । ’

२०७४ वैशाख १९ मा नै सम्पन्न भइसक्नुपर्ने चाकु स्वास्थ्यचौकी र धनेश्वरी माध्यम विद्यालयको भवन अहिलेसम्म बन्न सकेको छैन । यी दुवै संस्थाले टहराबाट स्थानीइलाई सेवा प्रदान गरिरहेका छन् ।

यस परियोजनाका सम्बन्धमा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी भन्छन्–‘ सरकार र स्थानीय क्षेत्रको समेत लगानी रहेको यो परियोजना कुनै पनि हालमा रोकिनु हुन्न । ‘स्थानीयबासीसँग भएका समझदारीपत्र अनुरुप परियोजनाले काम गर्नुपर्दछ भन्ने पक्षमा हामी छौँ । हामीले गत मंगलबार सरोकारवाल सबै पक्षलाई राखी छलफल गराई वार्ता गराएका छौँ । साथै आउँदो मंसीर २७ गते अर्को बैठक बस्ने निर्णय गरी छिटोभन्दा छिटो स्थानीयको विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्ने सहमति भएको प्रजिअ अधिकारीले बताए ।

र, यो पनि
मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies