Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हतियारको प्रतिष्पर्धा छोडेर शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भिर बन्नुपर्छ-परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन ।

परराष्ट्रविद डा. शम्भुराम सिंखडाद्धारा लिखित पुस्तक “Human Rights : Human Wrongs In the Scale of Human Conscience” को विमोचन गर्दै मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिँसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिएका हुन । मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरुले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिँसा, भोक र रोकको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने धारणा राखे ।

उनले थपे,‘ठूला राष्ट्रहरुले संयुक्तराष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरुप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईरहँदा यमन र सिरियाका मानिसहरुको हालत के छ ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिकासाथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भिर हुनुपर्छ कि पर्दैन् ?’

उनले अघि थपे,‘विश्वका प्रायः देशहरुले संयुक्त राष्ट्र संघको वडापत्रलाई कानूनको रुपमा स्वीकार गरेको स्थिति छ, त्यसैले विश्वमा जारी हिँसा, भोक र रोगलाई निर्मुल पार्न सक्नु आजको चुनौति हो, वडापत्रअनुसार विश्वका मानिसहरु सार्वभौम भएर बाँच्न पाउँछन्, विश्वका मानिसहरुले आर्थिक, राजनीतिक, बालअधिकार, महिला, लैंगिक, शारिरीक, मानसिक अधिकारहरुको उच्चतम प्रयोग गर्न पाउनुपर्छ ।’

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका कानुनी सल्लाहकार सुशिल प्याकुरेलले मानवअधिकारको बारेमा कुरामात्रै गर्नुभन्दा पनि यसलाई व्यबहारमा उतार्नुपर्ने बताए ।

उनले भने,‘शम्भुरामजीले लेख्नुभएको पुस्तक विश्वका अधिकार नपाएका पीडित मानिसहरुको ग्रन्थ हो, यसको सक्दो उपभोग गर्नुपर्छ, सवल र सक्षम राज्यको सक्रियतामा मात्रै मानवअधिकार सुरक्षित हुनसक्छ।’

त्यस्तै कार्यक्रममा शिक्षाविद् प्रा.डा.केदारभक्त माथेमाले असमानता र विभेद सिर्जना भएको खण्डमा मानव अधिकारको खाँचो पर्ने बताए । उनले भने,‘मानव अधिकारजस्तो संवेदनशील विषयलाई राज्यले उचित प्राथमिकता दिनुपर्छ, नेपालमा ४७ प्रतिशत मानिसहरुले कर्जा ऋण लिएर जीवन चलाईरहेका छन्, विश्वका मानिसहरुको अवस्था र नेपालको मानव अधिकारको अवस्थाका बारेमा शम्भुरामजीको यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु, यो पुस्तक मत्वपूर्ण भएकाले मानव अधिकारसम्बन्धी जान्न चाहने, यस क्षेत्रमा काम गर्ने र विश्वविद्यालयमा समेत पढाउँदा राम्रो हुने देख्छु ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ‘आत्मसम्मानको लागि खडा होऔं’ भन्ने नाराकासाथ नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको जानरी दिए । उनले भने,‘नेपालको वर्तमान मानव अधिकारको अवस्थाका बारेमा सरकारलाई हामीले आयोगका तर्फबाट जानकारी दिईसकेका छौं, १५२ उजुरीहरुमाथि कारबाही भएको छ, ३८० उजुरीमाथि अनुसन्धान जारी छ, करिब ९३६ उजुरीहरु सिफारिस गरिएको छ, सबै उजुरीको सन्दर्भमा भन्नुपर्दा ३९ प्रतिशत उजुरीहरु कार्यान्वयनमा आएका छन् ।’

नेपालमा मानवअधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने राजनीतिक एकाग्रता चाहिने उनको भनाई छ । पाठकले भने,‘राजनीतिक दल, मावन अधिकारकर्मीलगायत सबै क्षेत्रबीच सहमति र सहकार्य चाहिन्छ । अन्यायमा परेका व्यक्तिहरुमाथि राजनीतिक नजरले हेरिनुहुँदैन, शम्भुरामजीको यो पुस्तक निक्कै महत्वपूर्ण छ ।’ पुस्तकका लेखक डा. सिंखडाले दोस्रो विश्व युद्धपछिको विश्वको मानवअधिकारको वर्तमान अवस्थाको बारेमा आफूले भोगेका र अनुभव गरेका कुराहरु समावेश गरेर पुस्तक प्रकाशन गरेको सुनाए ।

पुस्तक बिक्रिमार्फतको सम्पूर्ण रकम विश्वशान्ति चिरन–मिलन (सामुदायिक) क्याम्पस बाँसबारी, काठमाडौंलाई प्रदान गर्ने जानकारी पनि सिंखडाले दिए । उनले भने,‘दोस्रो विश्वयुद्ध पछिको शताब्दी विश्वमा जारी हिँसा, हत्या, अशान्ति, नेपालको वर्तमान मानव अधिकारवादको अवस्था र विश्वको मानवअधिकारको अवस्थाका बारेमा मैले जुन महसुस गरें, जे देखें त्यसलाई मिहिन रुपमा केलाएर यो पुस्तक लेखेको छु।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies