Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग आजबाट, के भन्छन टीमका कप्तानहरु ?

काठमाडौं। बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग९इपिएल० आजबाट शुरु हुँदैछ । आजको पहिलो खेफमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग९इपिएल० २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ। प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित रहँदै गत संस्करणको उपाधि उचालेको थियो। बिहीबार आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सहभागी ६ वटै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका थिए। पारस खड्का,कप्तान विराटनगर वारियर्स स्वभाविक रूपमा हामी साविक विजेता भएकाले हामीमाथि उपाधि रक्षाको दबाब हुनेछ। गत वर्ष हामी उपाधि जित्दा प्रतियोगिता अवधीभर अपराजित रहेका थियौं। त्यसैले यसपटक पनि सोही प्रदर्शन दोहो(याउनु टोलीका लागि ठूलो चुनौती हुनेछ। प्रतियोगिताका सरुआती खेलमा गर्ने टोलीको प्रदर्शनले हाम्रो यात्रा निर्धारण गर्नेछ। सहभागि सबै टोलीमा उत्कृष्ट खेलाडी छन्। त्यसैले प्रतिस्पर्धा थप कठिन हुने निश्चित छ। हाम्रो पहिलो लक्ष्य भनेको शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाउनु हो। त्यसपछि मात्र उपाधिका लागि खेल्ने हो। शरद भेषावकर भैरहवा ग्लाडियटर्स अन्तिममा सम्हालिन नसक्दा गतवर्ष उपाधिनजिक पुगेर पनि उपविजेतामा सीमित भयौं। गत वर्षभन्दा यसपटक हाम्रो टिम राम्रो बनेको छ। त्यसैले गत वर्षभन्दा राम्रो खेलेर उपाधि जित्ने प्रयास गर्नेछौं। नामले मात्र हुँदैन, मैदानमा खेलाडीले गर्ने प्रदर्शनले मात्र टोलीको नतिजा निर्भर हुनेछ। यसपटक टोलीको तयारी पनि राम्रो छ। त्यसैले उपाधि जित्नेमा आशावादी छौं। ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रियोट्स गतवर्ष फाइनलनजिक पुगेर पनि हार्यौं। जुन हाम्रो दूर्भाग्य रह्यो। यसपाली गतवर्षको भन्दा टोली राम्रो बनेको छ। हाम्रो टिममा ठूलो नाम चलेका विदेशी खेलाडी छैनन्। यसको अर्थ हाम्रो टोली कमजोर छ भन्ने होइन। खेलाडीको नामले भन्दा पनि उसले गर्ने प्रदर्शनले टोलीले जित हात पार्ने हो। विदेशी खेलाडीबाट नेपाली खेलाडीले यसपटक धेरै सिक्ने अवसर पाउनेछन्। काइल कोइट्जर, कप्तान पोखरा राइनोज मैले विगतमा नेपाली खेलाडीहरुसँग खेलिसकेको छु। तर यहाँको वातावरण मेरो लागि नयाँ र चुनौतीपूर्ण छ। नेपाली खेलाडी र समर्थकको क्रिकेटप्रतिको लगाव राम्रो छ। पोखरामा युवा तथा अनुभवी खेलाडीको समिश्रण भएकाले सुखद् नतिजा ल्याउनेमा आशावादी छौं प्रयास गर्नेछौं। सोमपाल कामी, कप्तान काठमाडौं किंग्स–११ गतवर्ष पनि टोली उत्कृष्ट थियो। तर पनि हामीले सोचेअनुरूपको प्रदर्शन गर्न सकेनौं। यद्यपि, त्यो विगत भैसक्यो। अब हामी भविष्य हेर्नेछौं। त्यसैले हामी यो वर्ष राम्रो प्रदर्शन गर्नेछौं। टिम राम्रो बनेको छ। केभिन ओ ब्रायन टोलीमा छन्। उनी नेपाली खेलाडीसँग घुलमिल भइसकेका छन्। आशा गरौं, हामी राम्रो गर्नेछौं। पृथु बास्कोटा, कप्तान चितवन टाइगर्स जसले राम्रो प्रदर्शन गर्छ उसैले जित्ने हो। गतवर्ष विविध कारणवस चितवनको प्रदर्शन राम्रो हुन सकेन। तर यसपटक हामी राम्रो गर्ने प्रयास गर्नेछौं। मेरा लागि फ्रेन्चाइज लिगमा कप्तानीको नयाँ अनुभव हो। विदेशी र युवा खेलाडीको समिश्रणले टोली राम्रो बनेको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies