Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गृहमन्त्री बादलसँग चिनिया राजदुतको बिदाई भेट

काठमाडौँ, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका राजदुत यु होङले आज शिष्टाचार भेटवार्ता गरेकीछन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चिनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चिनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वास व्यक्त गरे । उनले नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चिन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा राजदुत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागिसक्दो पहल गरीरहने प्रतिवद्धता व्यक्त गरिन् । उनले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा होङले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताइन् । राजदुत होङको कार्यकालमा वान बेल्ट वान रोड(ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चिनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा भेटमा छलफल भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies