Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध महिलाले हालिन् मुद्दा

एजेन्सी । ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै एक महिलाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् । पारपाचुके गरेर एकल जीवन बिताइरहेकी र धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी महिलाले ब्वाइफ्रेण्ड पाउन नसकेको र यसबाट आफूलाई नोक्सानी भएको भन्दै कम्पनीमाथि मुद्दा हालेकी हुन् । धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी तेरेजा बुर्की नामक महिलाले लण्डनस्थित सेभेण्टी थर्टी नामक डेटिङ एजेन्सीमाथि कम्पनीले धोकाधडी गरेको आरोप लगाउँदै उच्च अदालतमा मुद्दा हालेकी हुन् । कम्पनीले उनलाई भनेजस्तो पुरुष खोज्न नसकेको र यसैकारण आफूलाई नोक्सान भएको तथा कम्पनीले आफूलाई झूटो आश देखाएको उनको आरोप छ । उनको मुद्दाको सुनुवाइ गर्दै अदालतले डेटिङ कम्पनीद्वारा उसको एक्सक्ल्युसिभ सदस्यता कार्यक्रममार्फत उनलाई झुक्याएको ठहर गरेको छ । डेटिङ कम्पनीमा सदस्यताका लागि तेरेजाले ठूलो रकम चुक्ता गरे पनि वाचा गरेअनुसार उचित सेवा भने नदिएका कारण अदालतले कम्पनीलाई दोषी ठहर गरेको हो । सन् २०१३ मा कम्पनीको सदस्यता लिएकी उनी ३ सन्तानकी आमा पनि हुन् । उनले सदस्यतालगायत विभिन्न शीर्षकमा गरेर कम्पनीलाई १२ हजार ६ सय पाउण्ड बुझाएकी थिइन् । भनेजस्तो पुरुष खोजिदिन नसकेपछि उनले सो रकम फिर्तासहित तनाव, निराशाजस्ता उनले भोगेका पिडाको भर्पाइस्वरूप क्षतिपूर्ति तिर्न कम्पनीविरुद्ध मुद्दा हालेकी हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies