/  Thu, February 21, 2019

चिप झर्दा सवारी चालक हैरान

ललितपुर । सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताए । उनले भने, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।”

चालक अनुमतिपत्रबाट टुक्रा खसेपछि सिन्धुलीका करण थापा एकान्त कुनास्थित कार्यालय पुगे । चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेको १० महीनापछि मात्र उनले अनुमतिपत्र पाए । “टुक्रा खसेपछि ट्राफिक प्रहरीले समेत शङ्का गर्छ,” उनले भने, “ट्रायल पास गरेर लिएको अनुमतिपत्र सक्कली हो भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।”

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गए पनि अहिलेसम्म सबै काम सङ्घले नै गरिरहेको छ । अरु कुराको गुनासो जसरी चालक अनुमतिपत्रमा देखिएको समस्याका बारेमा विभागलाई नै भनिरहेको उनले बताए ।

कहिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ त कहिले टुक्रा खस्ने र कहिले सफ्टवेयरमा समस्या आउँदा कार्यालयले सेवाग्राहीलाई विभाग पठाउने गरिएको छ । नीतिगतरुपमा निर्णय भए पनि व्यावहारिकरुपमा विभागलाई नै कार्यालयले समस्या आउँदा सिफारिस गर्दै आएको छ । रासस

मंसिर २० गते, २०७५ - २१:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

कैलाली । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विकासका सत्ता ठेकदार(निर्माण व्यवसायी) हरुले...   
भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार...   
पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री

पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट...   
पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड

पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकताले पूर्णता...   
मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

अङ्कारा। टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल...   

राजीनामा दिँदैमा कारबाहीबाट काेही पनि जोगिँदैनः प्रम

डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा कारबाहीबाट नजोगिने बताएका छन् । अख्तियार...   
भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने

भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने

पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।  गत हप्ता भारत प्रशासित...   
नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता धनगढीमा

नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता धनगढीमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु...   
सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा...   
सर्वोच्चको निर्णयविरुद्ध माडीवासीद्वारा आन्दोलनको घोषणा

सर्वोच्चको निर्णयविरुद्ध माडीवासीद्वारा आन्दोलनको घोषणा

चितवन । राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै पनि काम नगर्न सर्वोच्च अदालतको आदेशपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top