Khabar Dabali Logo
  May 20, Mon

ह्वावेइकी अधिकारीको पक्राउपछि आक्रोशित चीनले मुख खोल्यो

चीनले अमेरिका र क्यानाडालाई चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग वान्जूको पक्राउबारे ‘स्पष्ट’ पार्न आग्रह गरेको छ। चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइका संस्थापककी छोरी वान्जू १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् र उनलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई यहि शुक्रवार हुँदैछ।

पक्राउको विस्तृत कारण खुलाइएको छैन तर अमेरिकाले इरानमाथि लगाइएको प्रतिवन्धहरूको खिलाफ हुनेगरी ह्वावेइले काम गरेकोबारे अनुसन्धान गरिरहेको बताएको छ। चीनले उनको रिहाईको माग गर्दै उक्त गिरफ्तारी अधिकारको दूरूपयोग हुनसक्ने ठानेको बताएको छ।

चीनियाँ विदेशमन्त्रालयका एकजना प्रवक्ताले संवाददाताहरूसँग कुरा गर्दै भनेका छन्: “कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन भएको ठहर्छ।”

“हामीले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो दर्शाएका छौं र उनको कानुनी अधिकार संरक्षण हुनेगरी तत्काल रिहाईको माग गरेका छौं।”

एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ।

हिरासतमा लिइएकोबारे प्रकाशनमा रोक लगाउनेसम्बन्धी मङ्गले गरेको आग्रह र अदालतहरूको आदेश भन्दै मङ्गलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्यायमामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरेका छन्।

चीनले मङ्गलाई तत्कालै रिहा गर्न माग गरेको छ। ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको बताएको छ। अमेरिकी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार ह्वावेइले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ।

गत एप्रिलमा ह्वावेइका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा अमेरिकी अधिकारीहरूले गरेका थिए। चीनले यसरी दर्शाइरहेको चासोले बेइजिङ्गको मानव अधिकार स्थितिबारे आलोचना गरिराखेका अभियानकर्ताहरूलाई आश्चर्यमा पारेको छ। एम्नेस्टी इन्टरनेसनलले भनेको छ, चीनमा ‘मानवअधिकार संकटमा छ’ र ‘अख्तियारीमा रहेकाहरू विरूद्ध बोल्नेहरूले कठोर यातना, पक्राउ र थुनछेक झेल्नुपरिरहेको छ।’

अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुन सक्ने बताउँदै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको बारम्बार बताउँदै आएका छन्।

एउटा विज्ञप्तिमा ह्वावेइले आफू कार्यरत देशका सबै कानुन तथा नियमहरूको पालना गरेको बताउँदै संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा यूरोपेली संघको पनि आयात नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कानुनहरूको पालना गरिरहेको बताएको छ।

अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरूको उल्लंघन र साइबर चोरी गरेकोजस्ता आरोपहरू लगाउँदै ती कम्पनीहरूविरुद्ध कानुनी मुद्दाहरू दायर गरिएका बेला ह्वावेइकी उपाध्यक्ष मङ्ग पक्राउ परेकी हुन्। बिबिसिबाट

मंसिर २० गते, २०७५ - २०:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री मगरको पहलमा शहिद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

मन्त्री मगरको पहलमा शहिद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले नेपाल–भारत सीमामा भएको भिडन्तमा भारतीय सुरक्षा...   

गाेविन्द केसीले गरे फेरि सत्याग्रहकाे चेतावनी, (हेर्नुहाेस् विज्ञप्तिकाे पूर्णपाठ)

काठमाडौं, ५ जेठ। डा. गोविन्द केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले न्यायको रक्षक नै भक्षक...   
अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

काठमाडौं । अब मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम आउने भएको छ । आइतबार काठमाडौंमा...   

तस्कर छुटाउन प्रहरीको गाडी तोडफोड

काठमाडौं, ४ जेठ। प्रतिबन्धित लागू औषध चरेशसहित पक्राउ गरेर भारतीय नागरिक देविदिन विश्वकर्मालाई इलाका...   
कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

काठमाडाैं । नेपाली कांग्रेस, राप्रपा, विप्लव समूहलगायतका पार्टीमा आवद्ध एक सय १३ भन्दा बढी नेता कार्यकर्ताहरु...   
पार्टी एकतालाई संसारभरबाट हेरिएको छ : प्रचण्ड (भिडियाे)

पार्टी एकतालाई संसारभरबाट हेरिएको छ : प्रचण्ड (भिडियाे)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई संसारभरबाट...   

‘श्रीमान् गम्भीर’ बजाउँदा दुर्इ युवा फन्दामा

बुटवल, जेठ २ । । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा...   
आधा दर्जनभन्दा बढी लगानी समूहलाई लगानीका लागि मन्त्री पुनकाे आग्रह

आधा दर्जनभन्दा बढी लगानी समूहलाई लगानीका लागि मन्त्री पुनकाे आग्रह

काठमाडौं । विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाईड्रो पावर कंग्रेस)मा सहभागि हुन पेरिस पुगेका उर्जा,...   
श्रेष्ठ दिदीबहिनीले नृत्यमा अर्काे विश्व रेकर्ड राख्ने

श्रेष्ठ दिदीबहिनीले नृत्यमा अर्काे विश्व रेकर्ड राख्ने

काठमाडौं, २ जेठ । केही महिना अघि लगातार १२६ घण्टा नृत्य गरेर नेपाली चेली बन्दना नेपालले विश्व रेकर्ड...   

प्रहरीले गोली चलाउँदा एकजना घाइते

रुपन्देही । रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ । बिहीबार दिउँसो भारतबाट हतियार लिएर नेपाल प्रवेश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top