Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सरकारले घोषणा गरेपछि पर्यटकको पर्खाइमा धनपालगढी

विराटनगर। सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गनतव्यमध्ये मोरङको धनपालगढी पनि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्न लागेको यो स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटक भित्र्याई देशमा आर्थिक विकास गर्नु हो । नेपाल पर्यटन बोर्ड, स्थानीय तह र प्रदेश सरकारको सिफारिशमा छनोटमा परेका धनपालगढीको धार्मिक र पुरातात्विक दृष्टिले बेग्लै महत्व छ । निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा सो ठाउँमा पर्यटन प्रवद्र्धन गरिने स्थानीयवासीको भनाई छ । विराटनगरको उत्तरपूर्वमा पर्ने विगतको कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल वाल धनपालको गढी भनेर आजसम्म चिनिन्छ । यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आँकलन गरेको साहित्यकार दधिराज सुवेदी बताउनुहुन्छ । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक महत्वको राजाको दरबारको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष बाँकी छ । धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजाको मन्दिरलाई विशेष गरी यहाँका थारू समुदायले पुज्ने गरेका छन् । यहाँ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास गरिन्छ । विराटनगरबाट २१ किलोमिटर उत्तर पूर्व र महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको सो स्थानको मन्दिरमा हात्तीमा चढेको राजा धनपालको मूर्ति र ठूल्ठूला नौ वटा घण्टी चोरी भइसकेको छ । दरबारका केही इट्टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा छ । स्थानीयवासी बुद्धिविनोद गिरीका अनुसार राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किंवदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीसँग कुस्तीमा पराजय भोगेपछि धनपालसँगै युद्ध गरेका थिए । धनपालसँग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत दाह्री काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ । धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । चराचुरुङ्गी र वनस्पतिले गर्दा मौसममा यस ठाउँमा दैनिक ५० समूहसम्म वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीयवासी रामनारायण चौधरीले बताउनुभयो । हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बलि दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजनाअनुरुप सरकारले सबै गन्तव्यका लागि रु ५० करोड बजेट विनियोजन गरिसकेको छ । बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले धनपालगढीसम्म जाने लगभग आठ किमी बाटोको डेढ किमीबाहेक सबैमा कालोपत्र भइसकेको बताउनुभयो । गढीमा विराट चोक हुँदै नेता चोकबाट पनि जान सकिन्छ । पर्यटकीय हिसाबले निकै महत्व मानिएको यो ठाउँको विकास र विस्तारका लागि सरकारले बृहत् योजना बनाई व्यवस्थित ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । उनले यो ठाउँको विकासका लागि प्रदेश नं १ सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ भने ।जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले धनपालगढीको जग्गा अतिक्रमण भएकोले सो क्षेत्रको साँधसिमाना कायम गरेर भित्र रहेको पोखरी पनि व्यवस्थित पार्नुपर्छ भने । कमलको फूल फुल्ने यो पोखरीलाई व्यवस्थित गर्नुपर्ने, भित्र रहेका पुराना बोटबिरुवालाई हटाई नयाँ जातको र हरियाली हुने तथा आकर्षक देखिने बोटबिरुवा लगाई प्राकृतिक सौन्दर्यता बढाउने काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए । इञ्जिनियर धिरेन्द्र दाहालले केही वर्षपहिले धनपालगढीको विकासका लागि सरकारले रु सात लाख बजेट विनियोजन गरेको बताए । उनले उक्त रकमले त्यो ठाउँको समग्र विकास गर्न सम्भव नभएकाले उक्त पर्यटकीय गन्तव्यको बृहत् योजना बनाई पर्यटक भित्र्याउनुपर्ने धारणा राखे
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies