Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘महिलाको गुनासो- 'काम र नाम छ, दाम छैन’

कञ्चनपुर। निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् । बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आए पनि बाँच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन् । बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कने कञ्चनपुर शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भनिन्, “साँझ पर्दा रित्तो हात घर फर्कंन्छौँ । हाम्रो पनि परिवार छ । खान लाउन पर्छ, त्यसका लागि सरकाले व्यवस्था गरिदिनु पर्छ ।” स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उनको गुनासो छ । “महिला स्वयंसेविकाका लागि पैसा छुट्याउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्,” उनले भनिन्, “प्रोत्साहनका लागिसमेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ ।” “परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घरदैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” स्वयंसेविका राजु रानाले भनिन् “जनसङ्ख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन ।” “स्वास्थ्य प्रवद्र्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाइ र वातावरण सरसफाइबारे जनचेतना फैलाउने वचन दिएका छौँ,” अर्की स्वयंसेविका लक्ष्मी भट्ट भन्छिन्। उनले दिनरात खटिएर कामा गरेको र, अझै कार्य क्षेत्रमा खटिन तत्पर रहेको बताइन् । “सामाजिक कार्यमा लागेपछि बूढेसकालमा बाँच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनुपर्छ, महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन,” भट्टले भनिन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन अहम् भूमिका खेलेको बताइन । “महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बिरामी पर्दा अस्पताल जान सिक्यौँ,” उनले भनिन्, “उनीहरुको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउन लागेको छ ।” समृद्धि ल्याउनका लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाइने उनले बताइन् । उनले भनिन्, “स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जन गरेका त्यसकै आधारमा जीवनस्तर माथि उठाउने कार्यक्रममा सघाउ पु¥याउनोस्, सबैसँग बसेर योजना बनाई त्यसकै आधारमा अगाडि बढ्ने प्रयत्न प्रदेश सरकारले गर्नेछ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies