Khabar Dabali Logo
  October 23, Wed

थिएटरमा मौलिक कथामा लोक नाटक ‘लिलामे माइलो’ मञ्चन

काठमाडौँ। काठमाडौंको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ ।

‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज थिएटरमा मञ्चन हुनेछ । “नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र परिवेशअनुसारको बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको अनुभव हुन्छ जसले दर्शकलाई यथार्थ महसुश गराउन मद्दत पुग्छ,” निर्माता राजाराम गौतमले भने ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व, गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत गरिएको छ । कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु)लगायतको अभिनय रहेको छ ।नाटकलाई देशका विभिन्न थिएटरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिए ।

मंसिर २० गते, २०७५ - १४:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी...   

मुलुककाे राजनीतिज्ञमा निष्ठाको खाँचो छ– नेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण,...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, चार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक

काठमाडौं । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा चार जना घाइते...   

मन्त्री काँस्कोटाले भने – सांसद आलमलाई कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा...   
तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने...   
गौशालाको सडकबाट २० जना मगन्ते  बालबालिकाको उद्धार

गौशालाको सडकबाट २० जना मगन्ते बालबालिकाको उद्धार

काठमाडौं । बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले...   

कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, तीनजना घाइते

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   

पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढेपछि आन्दोलन फिर्ता

काठमाडौँ । पशुपतिको आर्यघाटमा काम गर्ने कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय...   
चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top