Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पशु तथा कृषि बीमा सम्बन्धी प्रशिक्षण

लहान ।  सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ । पशु तथा कृषि बीमाको आवश्यकता, महत्व र कृषिबालीमा लाग्ने रोग कीराको बारेमा जानकारी गराउने उद्देश्यले किसानलाई प्रशिक्षण दिइएको हो । कृषि विकास शाखा सिरहाको आयोजनामा लहानमा सञ्चालन गरिएको तीन दिने सो तालीममा २५ अगुवा किसानको सहभागी थियो । सिरहामा पशु तथा कृषि बालीको बीमा गर्दै आएका लुम्बिनी जेनेरल इन्सुरेन्स कम्पनी लहान शाखा प्रमुख अनिल यादवले बीमाको आवश्यकता, बीमाबाट हुने फाइदा बेफाइदा लगायत विषय वस्तुको बारेमा प्रशिक्षण दिएका थिए । जिल्लामा पशुको बीमा भइरहे पनि कृषि बालीको नभएकाले किसानलाई यसबारे प्रशिक्षण आवश्यक भएको यादवले बताए । कृषि विकास शाखा संयोजक प्रदीप चौधरीले कृषकलाई कृषि तथा बाली बीमासम्बन्धी आधारभूत ज्ञान, बीमा गराउने प्रक्रिया, बीमा दाबी गर्न चाहिने कागजात, बीमा गर्दा लाग्ने शुल्क तथा रकम फिर्ता हुने नहुनेबारे जानकारी गराउन तालीम सञ्चालन गरिएको बताए । कृषकलाई समयमा बीउ, मल, अनुदानमा उपलब्ध गराउन नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिँदै तालीममा सहभागी किसानले कृषि उपजको उचित मूल्य सहित बजार व्यवस्थापन गर्नुपर्ने बताएका थिए । सो अवसरमा लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले साना महिला किसानलाई सामूहिक खेती गराई जीविको पार्जनमा सहयोग हुने गरी कार्यक्रम सञ्चालन गर्ने बताएका थिए । लहानको खुट्टी खोलालाई कृषकको आवश्यकताअनुसार पानी भण्डारण गरी सहज तरिकाले खेतीसम्म पु¥याउने, कृषक समूह विस्तार गर्ने, निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीको विस्तार, सामूहिक र करार खेती गर्ने कृषक समूहलाई नगरपालिकाको सम्बन्धित वडाबाट अनुदानको व्यवस्था मिलाउने उपप्रमुख चौधरीले उल्लेख गरे। रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies