/  Wed, December 19, 2018

दुई हजारले गर्दा गुम्याे ज्यान

रुकुम ।  रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् ।

व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको रु दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताएका छन् ।

सार्कीको उपचारका क्रममा गत मङ्सिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मङ्सिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

मंसिर २० गते, २०७५ - १४:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ह्वात्तै बढेको चिसोका कारण जनजीवन कष्टकर

लहान । विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो...   

दिगो विकास  तथा महिला सशक्तीकरणकाे लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ ।  शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक सुरक्षासित सम्बन्धित दिगो विकास लक्ष्यलाई पूरा...   

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

पाेखरा । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल...   
अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

सिंजा । जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय...   

एपिएफले मच्छिन्द्रलाई हरायो

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल...   

आगलागीमा परी एक वृद्धको मृत्यु

चरिकोट । दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु...   

किसानको तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको...   

सौराहामा हात्ती महोत्सव हुने

चितवन ।  यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको...   

उचित मूल्य नपाएको भन्दै कुखुरापालक किसान आन्दोलनमा

झापा । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि...   

घरबास चलाउन कस्सिए गाउँले

बागलुङ । काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top