/  Wed, February 20, 2019

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, प्रधानमन्त्रीद्वारा स्वागत

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन ९कोप २४०मा सहभागी भई आज स्वदेश फर्केकि छिन् ।

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकि थिइन् । भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिए ।

राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएको मन्त्री बस्नेतले उल्लेख गरे ।

नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताएका थिए ।

राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको बताएकि थिइन् ।

राष्ट्रपति भण्डारीले सम्मेलनमा हिमाली जलवायु विज्ञानको अध्ययन प्रवद्र्धन गर्ने, दिगो पहाडी अर्थतन्त्र जोगाउने, सामाजिक तथा आर्थिक विकास गर्ने, सबै नेपालीलाई स्वच्छ ऊर्जामा पहुँच दिने प्रयासमा ज्ञान, सीप, प्रविधि र जलवायु वित्त अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोग हुने विश्वास व्यक्त गरेकि थिइन् ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसलेबीच शिष्टाचार भेटवार्ता भएको थियो । साथै राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्री बस्नेतले जानकारी दिए ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्याण्डको राजधानी वार्सास्थित रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेकि थिइन् । राष्ट्रपति भण्डारी आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सङ्घ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए ।

मंसिर २० गते, २०७५ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ६ वटा प्रदेशका प्रदेश प्रमुखहरु शितल निवासमा पुगेका...   
फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन्...   

‘बाँदर समाऔँ अभियान’ सुरू

खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।  केही वर्षयता किसानले लगाएका अन्नबाली...   

डा. गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी, हेर्नुहोस् विज्ञप्ति

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयनको माग...   

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त...   
कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

भारत । कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई...   

सुन तस्करिका केही ठूला माछाहरु अझै पनि जाल बाहिरनै छन् – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको...   
दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ...   

ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप

वासिङ्टन। अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार...   

वर्तमान सरकार पुर्ण रुपमै असफल भएको डा. भट्टराईको दाबी

रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्राईले गर्नैपर्ने र सजिलो काम पनि गर्न नसको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top