Khabar Dabali Logo
  May 20, Mon

फोन गर्न नै एकदिन पुरा हिड्नु परेपछि…

हुम्ला ।  हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् ।
सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारील गायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए ।
नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् ।

घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदान प्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरे ।
यसको मर्मतको लागि पटक पटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्स मात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ ।
त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए । रासस

मंसिर २० गते, २०७५ - १३:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसरी बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत...   

दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको...   
रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले...   

यी पाँच उद्योगमाथि कारवाही

विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि...   

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित...   
नगरपालिकामा तालाबन्दी

नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा...   

वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण...   

अब हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपु। झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक...   
खानेपानी मन्त्रीकै जिल्लामा  खानेपानीको अभाव

खानेपानी मन्त्रीकै जिल्लामा खानेपानीको अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा...   
यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

काठमाडौं ।रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी । एक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top