/  Wed, February 20, 2019

धितोपत्र बजार सम्बन्धी अध्ययन गराउन बोर्डको आग्रह

काठमाडौँ ।  पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।

बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजार सम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए । बोर्डले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ ।

लोकसेवा आयोगलाई समेत धितोपत्र बजार सम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ ।

देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करीब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ । रासस

मंसिर २० गते, २०७५ - १३:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारी समायोजन विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट...   
यसरी भइन् सफल उद्यमी महिला तुलसा

यसरी भइन् सफल उद्यमी महिला तुलसा

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर...   
यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे...   
अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

खस्यौली। अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको...   

अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर...   

काङ्ग्रेसद्धारा अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका...   
इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए

इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए

काठमाडौं। बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी...   
प्रथम मगर महोत्सव शुरु

प्रथम मगर महोत्सव शुरु

पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर...   
यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव

यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव

रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले...   
महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?

महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?

महिला ले पनि पुरुष सरहका अधिकारहरु पाउनु पर्छ ।कति पय अधिकार समान भए पनि पितृसत्तात्मक सोच को कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top