/  Thu, February 21, 2019

प्रियंका चोपडाः बिवाहमा लगाएको ७५ फुट लामो पहिरनबारे संसारभरि चर्चा

सेतो र ७५ फुट लामो यो के हो? यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन।

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो ‘वेडिङ गाउन’ सार्वजनिक गरिन्।

प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।

बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।

केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए।

 

View this post on Instagram

 

Once upon a fairytale… @nickjonas Link in bio @people

A post shared by Priyanka Chopra (@priyankachopra) on

अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्।

धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो।

र, केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन्।

केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्।

प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो।

शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्।

ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए। उनी आफैँ पादरी हुन्।

तीन दिनसम्म चलेको उनीहरूको विवाहको कार्यक्रममा आइतवार हिन्दू परम्परानुरूप अनुष्ठानहरू गरिएको थियो।

पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह ‘धार्मिक मिश्रण’ भएको बताएकी छन्।

उनले भनिन्, “हामी जुन सुन्दर परम्पराहरूमा हुर्कियौँ तिनलाई आफ्नै तरिकाले सामेल गर्‍यौँ।”

छत्तीस वर्षीया प्रियंका चोपडाले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएको केही दिनमै त्यसको पुष्टि गरेकी थिइन्।

एउटा अन्तर्वार्तामा उनले दुई जनाबीच सबैभन्दा पहिले सेप्टेम्बर २०१६ मा कुराकानी सुरु भएको बताएकी थिइन्।

मे २०१७ मा ‘मेट गाला’ नामक एक कार्यक्रममा उनीहरू दुवै जनालाई सँगै देखिएको थियो र उनीहरूले राल्फ लोरेनले डिजाइन गरेको लुगा लगाएका थिए।

सको एक वर्षपछि नै दुवैको सम्बन्धबारे समाचार आउन थालेको थियो।

प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्ये पर्छिन्।

सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी उनले ५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्।

उनले अमेरिकी चलचित्र उद्योगमा पनि अभिनय गरेकी छन्।

टेलिभिजन शृङ्खला ‘क्वान्टिको’ बाहेक अन्य केही चलचित्रमा पनि उनी देखा परेकी छन्। बीबीसी

मंसिर २० गते, २०७५ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...   

गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती

काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...   

सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?

काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...   
‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म  : कसले के भने ?

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   
पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन्  पशुपति शर्माको विवादित गितका शब्द !

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ

एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...   

एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...   
अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...   

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top