Khabar Dabali Logo
  May 20, Mon

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

डोटी ।  नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरु बक्स गुल्मका गुल्मपति किशोर खड्काले बताए ।

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताए । उनले भने, “कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।”

शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताएका छन् । उनले भने, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।” उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । रासस

मंसिर २० गते, २०७५ - १३:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसरी बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत...   

दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको...   
रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले...   

यी पाँच उद्योगमाथि कारवाही

विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि...   

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित...   
नगरपालिकामा तालाबन्दी

नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा...   

वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण...   

अब हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपु। झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक...   
खानेपानी मन्त्रीकै जिल्लामा  खानेपानीको अभाव

खानेपानी मन्त्रीकै जिल्लामा खानेपानीको अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा...   
यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

यौनकर्मीको आत्मकथा: ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

काठमाडौं ।रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी । एक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top