/  Wed, December 19, 2018

 शौचालय नहुँदा छात्रा विद्यालय जाँदैनन्

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ ।

“विद्यालयको शौचालय अत्यन्त फोहर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन”, कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ ।

नेपालगञ्ज उपमहा नगरपालिकामा कूल ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या पाँच हजार ७७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छै्रन । नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले बताएका हुन् ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताइन् । रासस

मंसिर २० गते, २०७५ - १२:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ह्वात्तै बढेको चिसोका कारण जनजीवन कष्टकर

लहान । विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो...   

दिगो विकास  तथा महिला सशक्तीकरणकाे लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ ।  शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक सुरक्षासित सम्बन्धित दिगो विकास लक्ष्यलाई पूरा...   

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

पाेखरा । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल...   
अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

सिंजा । जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय...   

एपिएफले मच्छिन्द्रलाई हरायो

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल...   

आगलागीमा परी एक वृद्धको मृत्यु

चरिकोट । दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु...   

किसानको तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको...   

सौराहामा हात्ती महोत्सव हुने

चितवन ।  यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको...   

उचित मूल्य नपाएको भन्दै कुखुरापालक किसान आन्दोलनमा

झापा । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि...   

घरबास चलाउन कस्सिए गाउँले

बागलुङ । काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top