/  Wed, December 19, 2018

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर। सन् २०१८ को एघार महीनामा प्रदेश नं.१ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए ।

यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन, मानव बेचविखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट चारजना पीडित भएका थिए । गाली बेइज्जतीबाट सात, हत्या प्रयासबाट नौ, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट छ, अप्राकृतिक मैथुनबाट दुई जना पीडित भएका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताए । प्रदेशसभा सदस्य यशोधा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानून बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक भएको बताए ।

मंसिर २० गते, २०७५ - १०:३९ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् अमेरिका ?

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा...   

सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)को आन्दोलन गर्ने घोषणा

काठमाडौं। गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलनमा गर्ने भएको छ ।...   

महायज्ञबाट उठेको रकमबाट गणेशधाम बनाउने महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रतिबद्वता

भरतपुर। भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म...   

कान्तिपुरमा प्रकाशित समाचारप्रति नेता योगेश भट्टराईको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण...   

पत्रकारलाई सहि समाचार मात्रै लेख्न सभामुखको आग्रह

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीय भूमिकामा...   
अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

काठमाडौं। आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा...   

प्रधानमन्त्रीले प्रचण्डतीर हेर्दै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको...   

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

कोलम्बो। श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका...   

विपक्षीहरुबाट विभिन्न आरोप लागेपछि आन्तरिक सुरक्षा मन्त्रीद्वारा राजीनामा

वासिङ्टन। राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा...   

नेपाल एसबीआई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ। नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top