Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

झरनामा लोभिए पर्यटक

बागलुङ ।  वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँग सँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको देन भनेर पुकार्ने रमणीय आकर्षक झरना पर्यटकीय गन्तव्य बनेको छ । पूर्वाधार र प्रचारप्रसारले झरना आगन्तुकको रोजाइमा परेको हो । भदौदेखि यता दुई हजार बढीले झरना घुमेका छन् । प्रकृतिप्रेमी आन्तरिक पर्यटक त्यहाँ पुग्ने क्रमसँगै गाईघाटको सो झरनाको चिनारी फैलिँदै गएको छ । व्यवस्थापन र विकासको जिम्मा अहिले गाउँपालिकामा सरेको छ । गाउँपालिकाले झरना घुम्नको लागि प्रतिव्यक्ति रु ३० शुल्क तोकेको छ । टिकटको जिम्मा बोलपत्र आह्वान मार्फत स्थानीय नरेश केसीले पाएका छन् । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा गाईघाट पुग्न सकिन्छ । “वार्षिक ३५ हजारमा ठेक्का दिइएको छ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, “गाईघाट क्षेत्रकै विकासमा सहयोग पुगोस् भनेर शुल्क लिएका हौँ ।” विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिइएको छ । चाडबाड र बिदाको दिन दैनिक १०० भन्दा बढी पर्यटक आउने गरेको टिकट बेच्ने अम्मरबहादुर नाइसाले बताए । “भदौ यता घुम्नेको सङ्ख्या दुई हजार बढी नाघ्यो”, उनले भने, “शैक्षिक भ्रमण, वनभोजका लागि पनि मानिसहरु आउँछन् ।” गीतको छायाङ्कन गर्ने पनि बेलाबखत गाईघाट पुग्छन् । ५० मिटर अग्लो झरनाको भित्रपट्टि रहेको गुफाले पनि पर्यटकलाई आकर्षित गर्छ । आन्तरिक पर्यटक बढ्दै जान थालेपछि गाउँपालिकाले झरना प्रवद्र्धनको योजना ल्याएको छ । चार वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको योजनाबद्ध विकास अघि बढेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट झरना छेउँ पौडी पोखरी, वनभोज, विश्रामस्थल, पदमार्गलगायतका संरचना बनेका छन् । गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । ५० जना जति अट्ने गुफा केही वर्षअघि फेला परेको थियो । झरनादेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजना छ । झरनामा छाँगावरोहण ‘क्यानोनिङ’ को राम्रो सम्भावना रहेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गरिनुपर्ने उनको भनाइ छ । “आडैको दरमखोलामा माछा मार्न रुचाउने पनि यहाँ आकर्षित हुन सक्छन्”, वरिष्ठ उपाध्यक्ष थापाले भने । कहिल्यै पनि धमिलो पानी नखस्ने हुँदा झरनाको सौन्दर्य हरेक याममा उस्तै देखिन्छ । झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारको रुपमासमेत लिइन्छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिका जोड्ने सडक आडमै रहेकाले आवातजावत सहज छ । केही मिनेटको यात्रामा बजार क्षेत्र पुगिने हुँदा पर्यटकलाई खाना, बासको पनि समस्या छैन । हल्का खाजा बेच्ने पसल गाईघाटमै पनि छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies