Khabar Dabali Logo
  May 20, Mon

अनुहार प्रत्यारोपण: जब उनको मुस्कुराहट फेरि फर्क्यो

आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए।

त्यसको दुई वर्षपछि बोल्दै उनले भने, “मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु।”

क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, “अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु यसले मलाई जिउने दोश्रो मौका दिएको छ।”

क्यामरन(दायाँ) सन २०१६को नयाँ वर्षका दिन परिवारसँग

यसै वर्षको जनवरी महिनामा न्यूयोर्क विश्वविद्यालयको ल्याङ्ग्वान हेल्थ सेन्टर म्यानहटन न्यू योर्कमा १०० जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरेका थिए। उनको स्वास्थ्य अवस्थाबारे गत हप्ता मात्र सावर्जनिक गरिएको थियो।

क्यामरनले आत्महत्या प्रयास गरेको १८ महिनापछि शल्यक्रिया गरिएको थियो।

बाहिर घुम्न, खेल्न, साथीभाइ र परिवारसँग समय बिताउन उनलाई असाध्यै मन पर्छ। ती सबै काम अहिले गर्न पाएको बताउँदै उनले भने, “म छिटै काममा फर्कने आशामा छु र कुनै दिन परिवार बसाउन सक्छु।”

पहिलोपटक सन २००५ मा अनुहार प्रत्यारोपण गरिएपछि अहिलेसम्म विश्वभर गरी ४० शल्यक्रिया सम्पन्न भइसकेको छ।

दाता वीलकी आमा स्याली फिशरले क्यामरनलाई अङ्ग दान गर्न नपाएको भए आफूलाई बाँच्न कठीन हुने बताएकी थिइन्

शल्यक्रियाको नेतृत्व गरेका डा. एडवार्डो डी. रोड्रिगेज भन्छन्, “स्वास्थ्य क्षेत्रमा भएको विकास मात्रैले होइन क्यामरनको बलियो इच्छाशक्तिले शल्यक्रिया सफल भएको हो। उपचारको सफलता त बिरामीमै निहित छ। क्यामरनले कटिबद्ध भएर गर्नुपर्ने काम सबै गरे।”

अमेरिकी इतिहासमा घाइते भएको छोटो समयमै अनुहार प्रत्यारोपण गरेको यो पहिलो अवसर भएको बताइएको छ।

डा. रोड्रिगेजले भने, “त्यसका कारण क्यामरनले मानसिक समस्याका कुराहरू लामो समय भोग्नु परेन। त्यस्ता कुराहरू लामो समय भोग्नुपरे मानिस गम्भिर मानसिक अवसादमा पुग्न सक्छ र अन्य घातक व्यवहार पनि गर्न सक्छ।”

शल्यक्रियाका बेला डाक्टरहरूले उनका ३२ वटै दाँत, चिउँडो र माथिल्लो भाग पुनर्स्थापित गरेका थिए।

उनको मुखको तल्लो र माथिल्लो भित्ता आँखाको तल्लो भाग र नाकहरू नयाँ बनाइएको थियो। जिब्रो पनि बनाइएको थियो।

वीलले अङ्ग दान गर्ने इच्छा दर्ता गराएका थिए

केन्द्रका अनुसार शल्यक्रिया अनुहार प्रत्यारोपणको पछिल्लो विकसित प्रविधि प्रयोग गरेर बनाइएको थियो। पहिलोपटक अनुहार ३ डी प्रविधि प्रयोग गरेर दाताको अनुहारको उपयोग गरिएको थियो।

दाता २३ वर्षीय उदीयमान लेखक, फिल्म निर्माता र चेस च्याम्पियन वील फिशर थिए।

वीलकी आमा स्यालीले भनिन्, “मेरो छोराको दु:खदायी निधन भयो। उसको निर्णयको सम्मान गर्दै हामीले अरुलाई जीवन दिन सफल भएकोमा धन्य छु। वील र डाक्टर रोड्रिगेजले क्यामरन र उनको परिवारलाई उनीहरूको सपना पुन: पुरा गर्ने मौका दिएका छन्।”

“यसले मलाई असाध्यै कठीन समयमा पनि शक्ति दिएको छ। क्यामरनलाई दिन नपाएको भए मैले छोराको मृत्यु सहन सक्ने थिइन कि जस्तो लाग्छ- मेरो छोराले क्यामरनलाई राम्रो जीवनका लागि सहयोग गर्‍यो भन्ने सोच्न पाउँदा मलाई खुशी लागेको छ।”

क्यामरनले अस्पतालको प्रेस सम्मेलनका बेला वील र फिशर परिवारप्रति सम्मान प्रकट गरेका थिए।

‘स्याली र उनका परिवारको योगदानको म र मेरा परिवारले उच्च प्रशंसा गर्छौं र म सँधै वीलको विरासत धान्नेछु।”, उनले भने, “शल्यक्रियामा असाध्यै आश्चर्यजनक विकासहरू भएका छन्, म त्यसको जिउँदो उदाहरण हुँ तर त्यो त वील र उनका परिवार जस्तै विशेष मानिसहरूका कारण मात्र संभव हुन्छ।” बीबीसी

मंसिर १८ गते, २०७५ - १६:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top