Khabar Dabali Logo
  May 20, Mon

हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखा थापालाई श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजय रत्नलाई

काठमाडौं । हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ । मंसिर १७ गते बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मान समारोहमा ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षणरसम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत श्री लय संग्रौलालाई तथा लगभगदुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार –२०७५ सम्मान पत्र सहित जनही २५ हजार नगद राशी अन्तराष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसालद्वारा अर्पण गरिएको छ ।

त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५ सम्मान पत्र तथा नगद राशी जनही १० हजार सहित ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको छ ।

यस्तै अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय रहेका थिए ।

हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै यस कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत व्यतित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । निराजन भण्डारीले संचालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मंसिर १८ गते, २०७५ - ०९:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको दस्तुर सङ्कलन केन्द्रमा आगजनी गर्ने लामिछाने पक्राउ

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा...   

११ बजेर २३ मिनेटमा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको...   

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट...   

राष्ट्रियसभा–प्रतिवेदन पेश, अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले...   

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय...   

नेपाली सेना र युस आर्मी विपद् प्रतिकार्य अभ्यास शुरू

कास्की । नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास...   

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको...   

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका–...   

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा …

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...   

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड। अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top