Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नदीको कथा- कविता

यतिखेर उदास बनेको छ मजस्तै एउटा सुनसान बगर ! सायद, आफ्नै सपनाहरू गुमाएपछि फुटेको हुनुपर्दछ यो पहाडको मनको बाँध पनि ! र त वर्षौं-वर्षदेखि, जीवनका सारा लयहरू टुटाएर यो धर्तीमा बगिरहेछ - यति ठुलो आँसुको नदी ! ............................ किनारा छेवैमा एकजोर बुढा आँखाहरू ओछ्याएर एउटी माझिनी हेरिरहिछे पानीको पन्नामा कोरिएका अक्षरहरू जहाँ लेखिएको छ उसकै वैंसको एउटा इन्द्रेणी कथा ! ऊ सम्झिन्छे, पानीका सहस्र अनुच्छेदहरू कुल्चिएर कति चाँडै दौडिएछ आफ्नै उमेरको यो कम्पनी गाडी ! ...................... नदीमा छ नदीकै आफ्नो जिन्दगी ! कसलाई पो थाहा छ र, हसिना ? जिन्दगीका रहरहरू टुटेपछि कति भरोसाहरू पुरानो बयामझैँ फुटेर गए होलान् ! कति सम्झनाहरू विधुवाको सिउँधोझैँ पुछिएर गए होलान् ! तर पनि, नदी निरन्तर बगिरहेछ - आफ्नै अनुहार मेटाउँदै ! ...................... यो पानीको वहाव उर्लेर कति सपनाहरू बाढीको भेलमा डुबे होलान् ? यो धमिलो पानीमा भिजेर कति संवेदनाहरू नुनको ढिकाझैँ पग्लिए होलान् ? पानीको धारमा रेटिएर किनाराका कति खुसीहरू मेटिएर गए होलान् ? र यहि नदीको आँसुमा डुबेर यो देशका कति विश्वासहरू बगेर गए होलान् ? भन न हसिना ! यति शान्त देखिने नदीभित्र किन होला डरलाग्दो ज्वारभाटा दौडिरहन्छ ? ............................... दुस्खको पैह्रो झरेर संसार सपना-शुन्य बनेपछि विच्छेदित हुनुपर्ने हो - जीवनको गति ! तर किन होला अविच्छेदित छ - नदीको यो अविराम गति ? यात्रा त उहि छ तर किन गन्तव्य भेटी फर्किदैन नदी ? न कुनै विश्रान्ति छ न त कुनै थकाईका सुस्केराहरू छन् ! न त कुनै रङ छ न त कुनै आकार नै छ - पानीको ! कहाँ लुकाउँछ होला नदीले आफूभित्रको पीडाको समुद्र ? ............................ आजसम्म पनि, जीवनको आशा बोकेर अविरल बगिरहेछ - एउटा दुस्खी नदी ! यस्तो लाग्छ तरल हुनु भनेको सबैभन्दा खतरनाक हो ! सायद, बगरलाई केहि थाहा छैन होला देश छोडेर मुङ्लान झरिरहेको शरणार्थी नदीको कथा !  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies